सकियो नेकपा सचिवालय बैठक, के भयो छलफल ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको रक्षाका निम्ति जोड दिएका थिए ।

नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्नेछ ।

Published On: Time : 17:11:52  204पटक हेरिएको

तपाईको प्रतिक्रिया