१६१४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४३७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९ हजार४३५ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

Published On: Time : 16:44:30  169पटक हेरिएको

तपाईको प्रतिक्रिया