२१०३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २७६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २८५८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

Published On: Time : 16:35:45  116पटक हेरिएको

तपाईको प्रतिक्रिया