काठमाडौं । पछिल्लो विवरण अनुसार विश्वभर कोरोना संक्रमणबाट एकैदिन १० हजार ८ सय ३६ जना संक्रमितको मृत्यु भएको छ ।
वल्डोमिटर्सले जनाए अनुसार एकैदिन ६ लाख ४ हजार ८ सय ५५ जना संक्रमित थपिएका छन् ।

योसँगैविश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ६५ लाख ४४ हजार ३ सय २७ जना पुगेको छ ।
त्यस्तै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ५३ हजार ९ सय ६ पुगेको छ ।
त्यस्तै विश्वमा तीन करोड ९३ लाख ३५ हजार ६ सय २ जना संक्रमित उपचारपछि निको भएका छन् । एजेन्सी