नेपाल थप १४४२ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २५९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३५३८ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख २३ हजार ७५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

Published On: Time : 16:52:11  34पटक हेरिएको

तपाईको प्रतिक्रिया