सकियो नेकपाको सचिवालय बैठक, बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए।

यस्तै मंसिर १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठकलाई मंसिर २५ गतेसम्मका लागि सार्ने निर्णय गरिएको जानकारी उनले बताए ।

आजको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव पेश गर्ने बताएका छन् ।

श्रेष्ठका अनुसार आजको सचिवालय बैठक मंसिर १३ गते बस्ने गरि सकिएको छ । बैठकमा अध्यक्ष ओलीले पेश गर्ने प्रस्तावसहित यसअघि पेश भएका अन्य सबै प्रस्तावहरुका बारेमा छलफल हुने र टुंगोमा पुग्ने उनले बताएका छन् ।

Published On: Time : 15:58:49  209पटक हेरिएको

तपाईको प्रतिक्रिया