विश्वभर करिव ५ लाखमा कोरोन संक्रमण पुष्टि, सात हजार २६० जनाको मृत्यु

काठमाडौं । पछिलो विवरण अनुसार २४ घण्टामा चार लाख ९८ हजार आठ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

वर्ल्डओमिटरले जनाए अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर सात हजार २६० जनाको मृत्यु भएको छ ।

यस बीचमा सबैभन्दा धेरै अमेरिकामा सात सय १९ जनाले मृत्यु भएको छ । संक्रमणदर पनि अमेरिकामै उच्च छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै एक लाख ५७ हजार भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट १३ लाख ३१ हजार ६ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।

अहिलेसम्म विश्वभर पाँच करोड ५३ लाख ३४ हजार नौ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म एक लाख ३० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । एजेन्सी

Published On: Time : 12:54:40  29पटक हेरिएको

तपाईको प्रतिक्रिया