काठमाडौं । वल्डोमिटर्सले देखाएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ८ हजार ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या ५ करोड २५ लाख १६ हजार ३ सय ३८ पुगेको छ ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा थपिएका छन् । जहाँ एकैदिन १ लाख ३७ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ ।
यसरी अमेरिकामा संक्रमितको संख्या १ करोड ७ लाख ३ हजार ४ सय १२ पुगेको छ ।