काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८१२ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।यो कुल संक्रमितको ८१।१ प्रतिशत हो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।
आज पीसीआर नेपालमा १२ हजार ३११ रहेको छ भने अहिलेसम्म नेपालमा १५ लाख ४० हजार ७७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा संस्थागत आइसोलेसनमा रहनेको संख्या ६ हजार २२२ रहेको छ भने होम आइसोलेसमा २९ हजार १९७ रहेको छ ।