थप २७५३ जना कोरोनाको नयाँ केस, थप १७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २७५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त थपिएका संख्यासँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २०६ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।

Published On: Time : 16:52:11

तपाईको प्रतिक्रिया