काठमाडौं । पछिल्लो विवरण अनुसार थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ८४४ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३०५ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।