अमेरिकाको नयाँ राष्ट्रपतिको चुनाबमा ट्रम्प भन्दा २३ सिट अघि बाईडन

नगेन चाम्लिङ
मेरिल्याण्ड । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल सकिँदै गर्दा दोश्रो कार्यकालका लागि हिँजो सकिएको चुनावको नतिजा आउनेक्रममा छ ।

जम्मा पचास राज्यहरु रहेको अमेरिकामा कुल ५३८ प्रतिनिधिहरुको नतिजाहरु आउने क्रममा छ । जुन दलले नतिजा जम्मा २ सय ७० वा सो भन्दा ज्यादा जीत्ने छ उसैले नयाँ सरकार गठन गर्ने ब्यवस्था छ ।ट्रम्पको दल रिपब्लिकन र अर्का सम्भावित राष्ट्रपति जो बाईडनको दल डेमोक्र्याटको भोटको नतीजा आउन सुरु भएको हो । अहिले चलिरहेको मत गडनाको नतीजा अनुसार ट्रम्प उनका प्रतिद्वन्दी जो बाईडन भन्दा कम्तिमा २३ सिटको अन्तरले पछि रहेका छन् । बाईडनको दलले २ सय ३६ सिट जीती सकेका छन् भने, ट्रम्पको दलले २ सय १३ सिट जिति सकेका छन् ।

नतिजा आउन बाँकी रहेको राज्यहरुमा नेभादा, एरिजोना र मैनेहरुमा ट्रम्पको दल पछि छन भने विस्कोन्सिन, मिचिगन, पेन्सिलभेनीया, नर्थ कारोलिना, जरजिया र आलस्काहरु बाट ट्रम्पको दल अघि छन् । यो रोमाञ्चक प्रतिस्पर्दामा वाईडनको दलले बहु सिट जीतेर ट्रम्पको दोश्रो कार्यकाललाई रोकेर बाईडन राष्ट्रपति बनेमा आश्चर्य मान्नुपर्ने अवस्था देखिन्न । नतीजा आईसकेको चर्चित राज्यहरु वासिङ्टन डिसी, न्युयोर्क, मेरिल्याण्ड, क्यालिफोर्नीया, कोलोराडो, भर्जिनिया लगायतका राज्यहरुमा वाईडनको दल डेमोक्रयाटले जीसिसकेका छन् भने, टेक्सास, फ्लोरिडा, पेन्सिलभेनियाहरु बट ट्रम्पको दल रिपब्लिकनले जीतिसकेका छन् ।
युके बाट प्रकाशित हुने दगार्डियन संचार संस्था र गुगलको रिपोर्टको सहायताले यो समाचार तयार पारिएको हो । दगार्डियनको लिंक यहाँ https://www.theguardian.com/us थिचेर तपाईंले थप नयाँ र विकसित विवराण हेर्न सक्नुहुने छ ।

Published On: Time : 14:05:40  251पटक हेरिएको

तपाईको प्रतिक्रिया