आज ३१६७ जना संक्रमित थपिए, १ ८०० जना संक्रमणमुक्त भए

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ४३८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ ।

काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ८०० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३८ हजार ७३७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २५ हजार ४३८ जना र संस्थागत आईसोलेसनमा १३ हजार २९९ जना छन् । तिमध्ये २९० जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Published On: Time : 17:11:58  41पटक हेरिएको

तपाईको प्रतिक्रिया