देशभर २६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ९४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाएको छ ।

काठमाडौंमा ९५६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार १७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । यो कुल संक्रमितको ६८.६ प्रतिशत हो ।

Published On: Time : 16:48:29  26पटक हेरिएको

तपाईको प्रतिक्रिया