देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार नाघ्यो, आज ३५५६ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा ३५५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ५७७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।

काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १५०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । यो कुल संक्रमितको ६८।३ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३५ हजार ९१५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २० हजार ८६७ जना र संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना छन् । तिमध्ये ३०७ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Published On: Time : 16:38:07  32पटक हेरिएको

तपाईको प्रतिक्रिया