कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त

काठमाडौं । नेकपाका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त भएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनको कामकारबाही सन्तोषजनक नभएको भन्दै प्रदेश सभाको सचेतकबाट हटाएका हुन् ।

त्यससँगै मुख्यमन्त्री शाहीले आज नै प्रमुख सचेतकको जिम्मेवारी सिता कुमारी नेपालीलाइ दिएका छन् ।

आइतवार शाह समक्ष १८ जना सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

शाहले अविश्वासको प्रस्ताव दर्ता गरेको केही घन्टापछि नै छलफलको लागि संसदीय दलको बैठकसमेत बोलाएका थिए ।

Published On: Time : 15:59:36  18पटक हेरिएको

तपाईको प्रतिक्रिया