थप १ हजार २४६ कोरोना संक्रमिण पुष्टि

काठमाडौं, १ असोज । पछिल्लो विवरण अनुसार नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ६ सय ४१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा ४ सय २८ जना महिला र ८१८ जना पुरुष गरी थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Published On: Time : 16:51:08  29पटक हेरिएको

तपाईको प्रतिक्रिया