पछिल्लो २४ घण्टामा थपिए १५३९ कोरोना संक्रमित

काठमाडौं, ३१ भदौ । पछिल्लो विवरण अनुसार बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस का संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ९ सय ९४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजसम्म ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Published On: Time : 17:29:26  40पटक हेरिएको

तपाईको प्रतिक्रिया