थपिए १ हजार ४५९ जना कोरोना संक्रमित

काठमाडौं, ३० भदौ। वितेका २४ घण्टामा नेपालमा थप एक हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार ७८८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार ३७५ जनाको पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ । हजार २५० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Published On: Time : 16:39:52  18पटक हेरिएको

तपाईको प्रतिक्रिया