कोरोना कहर : मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार नाघ्यो, दुई करोड ९४ लाख ४५ हजार बढी संक्रमित

३० भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी अनुसार विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु छ ।

डब्लुएचओ अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ३३ हजार १११ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

Published On: Time : 12:41:38  15पटक हेरिएको

तपाईको प्रतिक्रिया