थप ९ जनाको ज्यान गयो, जम्मा संख्या ३४५ पुग्यो

काठमाडौं, २८ भदौ । वितेका २४ घण्टामा थप ९ जनाको कोरानाका कारण ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त संख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु हुनेमा ६ जना पुरुष र ३ जना महिलाहरु रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ६९ पुगेको छ ।

हालसम्म कुल संक्रमितको प्रतिशत ७१ दशमलव ५ अर्थात ३८ हजार ६ सय ९७ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार १ सय ७३ जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।

Published On: Time : 16:48:19  37पटक हेरिएको

तपाईको प्रतिक्रिया