मनिल राईको ‘मेरी आँखाकी नानी’मा लक्ष्मी र अनिल (भिडियोसहित)

काठमाडौं, २७ भदौ । मनिल राईको स्वरमा रहेको ‘मेरी आँखाकी नानी’ बोलको गीत सार्वजनीक गरिएको छ ।

गीतमा लक्ष्मी दुलाल र अनिल कुमतीको अभिनय देख्न सकिन्छ । उक्त गीतमा सरु ढुंगानाको पनि अभिनय देख्न सकिन्छ ।

उक्त गीत झापाका विभिन्न ठाँउमा छायान्कन गरीएको छ । गीतको निर्देशन अजय चौधरीले गरेका छन् ।

श्याम लिम्बूको संगित रहेको उक्त गीतमा बिकरालको शब्द रहेको छ । उक्त गीतको निर्माण भने इन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठले गरेका छन् ।

निम्न आर्थिक स्थिति भएका गायक मनिलको प्रतिभा प्रोत्साहन गर्न उक्त भिडियो निर्माण्मा सहयोग गरेको श्रेष्ठले बताए । युवट्युव च्यानल साहारा इन्टरटेन्मेन्टले पनि आफ्नो च्यानलमा उक्त गीत राखेर राईलाई सहयोग पुर्याएको निर्माण पक्षले जनाएको छ ।

लक्ष्मी र अनिलको यो पहिलो अफिसियल भिडियो हो । उक्त गीतले स्रोताको मन जित्ने निर्माण पक्षले जनाएको छ ।

भिडियो

Published On: Time : 18:08:41  434पटक हेरिएको

तपाईको प्रतिक्रिया