बढ्यो सुनको मूल्य

काठमाडौं, २५ भदौ । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४०० बढेर ९६ हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा १० बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३१५ रुपैयाँमा कारोबार भएको थियो ।

Published On: Time : 13:33:22  54पटक हेरिएको

तपाईको प्रतिक्रिया