आजका लागि बोलाइएको मन्त्रीपरिषद्को बैठक स्थगित

काठमाडौं, २५ भदौ । आजका लागि बोलाइएको मन्त्रीपरिषद्को बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

आज साँझका लागि बोलाइएको बैठक भोली बस्ने भएको हो । नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समय दिनुपर्ने भएकाले बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिका विषयमा छलफल हुने भनिएको थियो ।
स्रोतका अनुसार बैठका भोली बेलुकी बस्ने छ ।

Published On: Time : 13:26:54  50पटक हेरिएको

तपाईको प्रतिक्रिया