उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्यो

काठमाडौं, २५ भदौ । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेको छ । उपत्यकामा

काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि उपत्यकमा निजी सवारी साधन र १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै ट्याक्सी पनि जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय भएको छ ।

उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ । पसलहरु छिटपुटरुपमा सञ्चालन भएका छन् ।

प्रशासनले अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने छ । निर्णय गरेको छ ।

यस्तै खाद्य वस्तु, दूध, फलफूल तरकारी, माछा मासु, विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।

यस्तै निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ भने टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पूरा गरी मध्यान्ह १२ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।

सहकारी संस्थाहरु बिहान ११ देखि ३ बजेसम्म, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक
पसललगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ भने भाँडा र भान्साजन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ ।

फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलोक्ट्रोनिक र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र फेरि बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ ।

Published On: Time : 13:20:46  50पटक हेरिएको

तपाईको प्रतिक्रिया