कोरोनाभाइरस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जनामा संक्रमण पुष्टि

काठमडौं, २० साउन । अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १८२ जनामा गरिएको कोरोना परिक्षण गरीएको थियो ।

अख्तियार स्रोतका अनुसार संक्रमितहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

Published On: Time : 13:54:03  111पटक हेरिएको

तपाईको प्रतिक्रिया