सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एक लाख नजिक

काठमाडौं, २० साउन । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ ।

चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

Published On: Time : 13:35:04  75पटक हेरिएको

तपाईको प्रतिक्रिया