कोरोना भाइरसका कारण विश्वभर ५ लाख बढीको मृत्यु, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं, २३ असार । कोरोना भाइरस महामारीबाट विश्वभर ५ लाख ४० हजार ६ सय ७७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दा सम्म १ करोड १७ लाख ३९ हजार ८९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६६ लाख ४२ हजार ४६१ जना उपचार पछि निको भएर घरफर्किएका छन् ।

विश्वमा ५७ हजार ९७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३२ हजार ९७९ जनाको मृत्यु भईसकेको छ भने ३० लाख ४० हजार ८३३ जनालाई संक्रमण भएको छ । १३ लाख २४ हजार ९४७ जना उपचार पछि निको भएर घर फर्कीएका छन् । त्यस्तै १५ हजार १९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १६ लाख २६ हजार ७१ जनालाई संक्रमण भएको छ भने ६५ हजार ५५६ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म २० हजार १७४ जनाको मृत्यु भईसकेको छ भने ७ लाख २० हजार ३४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार २९६ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ८७ हजार ८६२ जनालाई संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ५४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै ६ हजार ८९७ जना नयाँ संक्रमित भएका छन् ।

Published On: Time : 11:17:05  92पटक हेरिएको

तपाईको प्रतिक्रिया