१२ बुँदे सहमतिपछि दुई युवाले सत्याग्रह तोड्ने

काठमाडौं २३, असार । पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने भन्दै १२ दिनेदेखि सत्याग्रह बसेका इशान अधिकारी र पुकार बमले सत्याग्रह तोड्ने भएका छन्।

सरकारसँग १२ बुँदे सहमति भएपछि आज बिहानदेखि सत्याग्रह तोड्न दुबै सत्याग्रही सहमत भएका हुन्।

सहमति पत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समीरकुमार अधिकरीले र सत्याग्रहीको तर्फबाट इशान र पुकार दुबैले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा आरडीटी परीक्षण स्थगित गर्ने, पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुनस्थापना गराउने, विदेशबाट आएकालाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार गर्ने बुँदाहरू उल्लेख छन्।

यससँगै सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि भनिएको छ।

Published On: Time : 10:37:53  42पटक हेरिएको

तपाईको प्रतिक्रिया