राष्ट्रपति सीको आलोचना गर्ने प्रोफेसर प्रहरी हिरासतमा

काठमाडौं २३, असार । चिनियाँ राष्ट्रपति सी चिनफिङको आलोेचना गरेको भन्दै एक जना प्रोफेसरलाई प्रहरीले पक्राउ गरेको छ।

शू झान ग्रून नामका प्रोफेसरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कोरोना भाइरसलाई लिएर राष्ट्रपति सीको आलोचना गरेको उनीमाथि अभियोग लागेको छ।

उनी हाल प्रहरी हिरासतमा छन्। उनको घरदेखि प्रहरीले कम्प्युटर र केही दस्ताबेज पनि लगेका छन्।

उनको यो दोश्रो पटक प्रहरीद्दारा पक्राउ हो। यसअघि सरकारको कोरोना नियन्त्रणसँग सम्बन्धीत कामकारबाहीको आलोचना गरेर लेखेको लेखले उनलाई प्रहरी हिरासत पुर्याएकाे थियो।

Published On: Time : 9:14:51  43पटक हेरिएको

तपाईको प्रतिक्रिया