नयाँ प्रहरी महानिरीक्षक छनौट गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं २३, असार । नेपाल प्रहरीको महानिरीक्षक छनौटका लागि आज मन्त्रिपरिषद बैठक बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण भोली (बुधबार) अवकाश पाउँनेछन्।

ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक उपाध्यायले पनि अवकाश पाउने भएका छन्।

नयाँ प्रहरी महानिरीक्षकका लागि दौडमा एआइजीहरू शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन्। तर, दुबै जनाले जो महानिरीक्षक भएपनि स्वीकार्ने यसअघिदेखि नै बताउँदै आएका छन्।

दुबै एआइजीहरू प्रहरी संगठनमा विवादमा नतानिएका र क्षमतावान उच्च प्रहरी अधिकृतको पहिचान बनाएका छन्।

प्रहरी प्रधान कार्यालयले भोली (बुधबार) नै हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई विदाइ गर्ने कार्यक्रम तय गरेको छ।

Published On: Time : 8:50:58  103पटक हेरिएको

तपाईको प्रतिक्रिया