मिलिटरी संस्थालाई ठेक्कापट्टामा सामेल नगरौं : संविधानविद अधिकारी

काठमाडाैं, चैत २२। संविधानविद विपिन अधिकारीले नेपाली सेनामार्फत मेडिकल सामग्री खरिद गर्न मिल्ने बताएका छन्।

संविधान र सैनिक कानुनअन्तर्गत संकटको बेला मेडिकल सामग्री खरिद गर्न दिन मिल्ने बताए। तर, सेना लोकतान्त्रिक संस्था नभएकोले सुशासन र पारदर्शीता नहुने बताए।

यद्यपि, विधिको शासनमा जवाफदेहीतालाई मजाक गर्ने कार्य स्वीकार गर्न नसकिने पनि बताए। उनले सेनालाई ठेक्कापट्टामा सामेल गर्न नहुने उल्लेख गरेका छन्।

‘सेना मिलिटरी संस्था हो’, उनले भने, ‘ठेक्कापट्टामा सामेल गर्नु हुँदैन।’ सरकारले सेनामार्फत सरकार–सरकार (जिटुजी) बाटै चीनसँग मेडिकल सामग्री खरिद गर्ने निर्णय गरेको छ।

उक्त निर्णयपछि पक्ष र विपक्षमा बहस हुँदै आएको छ। सरकारले ओम्नी इन्टरनेश्नलसँगको मेडिकल सामग्री खरिद सम्झौता गत बुधबार रद्द गरेको थियो।

ओम्नीले पहिलो लटको मेडिकल सामग्री नेपाल ल्याई पु¥याएको थियो।

तर, कमसल भएपनि निक्कै महङ्गोमा सामग्री खरिद गरेको, वाणिज्य तथा आपूर्ति विभागमा दर्ता नभएको र मेडिकल सामग्री खरिदको अनुभव नभएको संस्थालाई दिएको भन्दै आलोचना भएको थियो।

Published On: Time : 10:33:55  78पटक हेरिएको

तपाईको प्रतिक्रिया