कोरोना आतंक र अबको बाटो


विश्वभर हरेक वर्ष जस्तो कुनै न कुनै साना वा ठूला प्रकारको नयाँ महामारी फैलने गरेको छ । कोरोना (कोभिड –१९) भाइरस नयाँ भाइरस हो । यो भाइरस पहिलो पटक २०७६ पौष १५ (३१ डिसेम्वर २०१९) मा चीनको हुवेइ प्रान्तमा पहिचान भएको हो । यसले चिकित्सा क्षेत्रको विश्व ज्ञानलाई समेत चुनौति दिएको छ ।
पच्छिलो तथ्याङकले भन्छ विश्वमा संक्रमितको संख्या १० लाख नाघेको छ । अनुमान नै गर्न नसकिने गरि संक्रमण फैलिदैछ । प्रत्येक सेकेण्डमा संक्रमितको संख्या थपिने क्रम जारी छ ।
यसको उद्गम थलो चिनको छिमेकी देश भएको नाताले पनि हामी सुरु देखि नै जोखिममा थियौँ । तर सौभाग्यले युरोप अमेरिका जस्तो महासंकट भोग्नु नपरेपनि कनै पनि बेला भयावह हुन सक्ने खतरा कायमै नै छ । यो जोखिमलाई कम गर्न नेपाल सरकार कुनै कसर बाँकी नराकी कदम चालिरहेका छन् ।

लेखक

नेपाल सरकारले गरेका प्रयास
चीनमा कोरोना देखिएसंगै त्यहाँ अध्ययन गर्न गएका विद्यार्थी नेपाल सरकारले जहाज पठाएर ल्याई उनीहरुलाई भक्तपुर खरीपाटीमा चौध दिनसम्म क्वारेन्टाइनमा राख्ने काम भयो ।
माननीय उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरी सरोकारवाला मन्त्रालय अन्य सामाजिक संघसंस्थासंग समेत समन्वय गरी कोरोना रोकथामका वारेमा समग्र समस्या समाधनको नेतृत्व गरिरहेको छ ।
सार्क राष्ट्रका प्रमुख तथा प्रतिनिधी बीच कोरोना भाइरस विरुद्ध सामुहिक रुपमा लड्नका लागि भिडियो कन्फरेन्स भयो, जहाँ नेपालबाट प्रधानमन्त्रीको सहभागिता रहयो ।
उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस नियन्त्रणका लागि सर्वदलीय वैठक सम्पन्न ग¥यो । नागरिक सचेतना अभिवृद्धि निगरानी क्वारेन्टाइन तथा सेल्फक्वारेन्टाइनका बारेमा जानकारी गराइयो । हाल मुलुकमा पूर्णरुपमा लकडाउन गरिएको अवस्था छ ।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश मुख्यमन्त्री र सामाजिक विकासमन्त्री समेत राखेर छलफल गरी सबै प्रकारका सचेतनामुलक कार्यक्रम गर्न स्वास्थ्यकर्मी सहित जनशक्ति परिचान गर्ने कार्ययोजना निर्माण गरियो ।
अहिले अनएराइभल भिसा वन्द गरिएको छ । विदेशबाट आउने नेपाली वा विदेशी नागरिकलाई चौध दिनको क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगत गरिएको छ ।
सुरुमा क्षमता भन्दा वढी यात्रु नबोक्ने र पछि सार्वजनिक यतायात वन्द गर्ने, नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सभासम्मेलन,सामाजिक सांस्कृतिक तथा धार्मिक समारोह बन्द गर्न आग्रह भयो । सिमा आवात जावन वन्द भयो ।
एस.इ.ई, त्रि.वि.र सि.टि.इ.भि.टी तथा संस्थान लगायत सवै परीक्षा रोक्ने, पठनपाठन बन्द गर्ने निर्णय भयो र सार्वजनिक कार्यालयमा प्रवेश गर्ने समयमा ज्वारो नाप्ने कार्य सुरु भयो ।
संघ प्रदेश तथा स्थानीय तहमा कार्यरत सवै कर्मचारीलाई सुत्केरी र क्रियाबिदा बाहेकका बिदा स्वीकृत नगर्ने । मुलत स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी सार्वजनिक विदाका दिन समेत कार्यालयमा उपस्थित हुनेगरी परिचालन गरिएको छ । स्वास्थ्य सेवा अन्तरर्गत संघ प्रदेश स्थानीय तहमा समायोजन भएका रमाना नभएका र समायोजन हुन वाँकी रहेका सवै स्वास्थ्यकर्मीलाई यथावत काम गर्न सुचित गरियो ।
सरोकारवाला मन्त्रालय उद्योगी व्यावसायीको सहकार्यमा पि.पि.इ. तथा अनुसन्धान कीटको आपूर्ति मिलाउने । उपत्यका र प्रदेश स्तरका अस्पतालमा आइ.सि.यु. वेडको व्यवस्था गर्ने र स्थानीय तहका सवै पालिकाका स्वास्थ्य संस्थामा आइसोलेसन वार्डको समेत व्यावस्था गर्ने नीति लिएको छ ।
कोभिड १९ नियन्त्रणका लागि खटिने स्थायी अस्थायी करार सबै कर्मचारीलाई कार्यक्षेत्रका आधारमा सुरु तलवको ७५ प्रतिसतसम्म भत्ता व्यवस्था गरिएको छ । कर्मचारी संचयकोषका संचयकर्तालाई १० लाखसम्मको उपचार खर्च व्यवस्था गरिएको छ ।
निजी तथा सामुदायिक अस्पताललाई समेत कोरोना भाइरस विरुद्ध उपचारकार्यमा संलग्न हुन आव्हान गरिएको छ ।
घर आगन सरसफाई सामुदायिक सरसफाई सार्वजनिक निजी तथा सरकारी कार्यलयको सरसफाईको आव्हान भयो । उपभोग्य सामाग्रीको कृतिम अभाव सृजना, जम्माखोरी, कालावजारी तथा मिसावट गर्नेलाई कार्वाही गर्ने निर्णय भयो ।
राष्ट्रपतिदेखि वडा सदस्यसम्म सामाजिक अगुवा व्यापारी कलाकार उद्योगपति लगायतले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारार्थ खोलिएको कोषमा सामाजिक उतरदायित्व स्वरुप योगदानकोषमा संकलन भइरहेको छ । सेवामा खटिएका सहित राष्ट्रसेवक कर्मचारीले समेत पारिश्रमिक मध्ये ३ दिनदेखि ७ दिनसम्मको तलव योगदान गर्ने निर्णय भएको छ ।
सबै प्रदेश तथा स्थानीय तहले समेत कोराना रोकथामको कार्ययोजना निर्माण गरी माहुरीसरी काम गरिरहेका छन । यसले स्वास्थ्य क्षेत्रको संवेदनशिलताको पुष्टि गरेको छ

अवको वाटो
नेपाल सरकारले चैत्र ११ गतेबाट लगडाउन गरेकोमा यो प्रयाप्त नहुने अवस्था रहयो यसका लागि मुलुकभर लकडाउन निरन्तरता दिने र शहरी भेगमा निश्चित समयभन्दा वाहेक कर्फ्र्यु समेत लगाउनुपर्छ ।
जनशक्ति, स्वास्थ्य सामाग्री र सुरक्षा परिचालनका सरकारी तथा अन्य सामाजिक संघसंस्थासंग समेत समन्वय गरी एकद्धार प्रणालीको अवलम्वन गर्नुपर्छ ।
स्वास्थ्य सेवामा परिचालन भएका स्वास्थ्यकर्मीलाई प्रयाप्त आत्मसुरक्षा, समन्वय सम्वन्धी तालिम अभिमुखीकरण र आत्मरक्षाका लागि आवश्यक सामाग्रीको प्रयाप्त परिचालन गर्नुपर्छ ।
सडक रहेका मानिस, मजदुरी गरेर जिविको चलाउने व्यक्तिहरुका लागि खानाको लागि व्यवस्थापन गर्नुपर्छ । यसका लागि स्थानीय सरकारको अगुवाइमा छिटो प्रकृयाबाट डाटा संकलन गरी योजना बनाउने । स्थानीय सरकारले थेग्न सक्ने भए स्थानीय सरकारले र नसक्ने भए प्रदेश र संघीय सरकारसंग आवश्यक समन्वय गर्नु आवश्यक छ ।
शहरी क्षेत्रमा मोवाइल स्वास्थ्य टोली खटाई सम्भावित विरामीको परिक्षण र विरामीको विवरण तयार गरी सम्भावित विरामीलाई अस्पतालमा उपचारका लागि सफारिस गनुपर्छ ।
शहरी क्षेत्रमा मोबाइल खाद्य सवारी साधन परिचालन गर्ने जसले प्रत्येक चोकमा खाद्य सामाग्री सुपथ मुल्यमा पु¥याउने व्यवस्था मिलाउनुपर्छ । साथै अतिआवश्यक खाद्यवस्तु ढुवालीका लागि मालवाहक साधनलाई रात्रीकालिन रुपमा सेवा संचालन गर्ने वातावरण तयार गर्नुपर्छ ।
उपभोग्य सामाग्रीको कृतिम अभाव सृजना, जम्माखोरी, कालावजारी तथा मिसावट गर्नेलाई देखिने गरी कडा कार्वाही गर्ने सामान जफत गर्ने र सेवा संचालन अनुमती खारेज गर्नुपर्छ ।
अन्त्यमा, विश्वव्यापी महामारी कोरोना विरुद्धको महाअभियानमा सवैको सहकार्य र समर्थन आवश्यक छ । अन्तर्राष्ट्रिय सहायता केन्द्र, मुलुकका तिन तहका सरकार, सामाजिक संघ संस्था उद्योगी व्यावसायी पत्रकार सामाजिक अगुवा सवैको एकताले मात्र उपलव्धी हासिल गर्न सकिन्छ ।

Published On: Time : 14:14:55  1190पटक हेरिएको

तपाईको प्रतिक्रिया