शुल्क मिनाहा गर्न प्याब्सनको दुई शर्त

काठमाडौं, १७ चैत । निजी विद्यालयहरुले शुल्क मिनाहा गर्न शर्त राखेका छन् । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई सरकारले आइतबा राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा छुट दिन निर्देशन दिएको थियो ।

निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे छ । उनीहरूले बैंकबात ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था गर्नुपर्ने बताउँछन् ।
त्यस्तै लिजम लिएको जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने प्याबसनका अध्यक्ष टिकाराम पुरीले बताए ।

अध्यक्ष पुरीले लकडाउन खुलेपछि सरोकारवाला सबैसँग यस विषयमा छलफल गर्ने उल्लेख गरे ।

Published On: Time : 14:01:27  62पटक हेरिएको

तपाईको प्रतिक्रिया