आदिवासीको अमेरिका अध्यक्षमा चेम्जोङ


न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को सातौं राष्ट्रिय अधिवेशनले लोक चेम्जोङलाई सर्वसहमत अध्यक्षमा चयन गदै सम्पन्न भएको छ ।


आईतवार न्युयोर्कमा आयोजित सम्मेलन मार्फत निर्वाचित अन्य महानुभावहरुमा उपाध्यक्षहरु पदमबहादुर गुरुङ र गोमा योन्जन छन् ।

महासचिवमा नरेन्द्र थापामगर, सचिव डोमा लामा, कोषाध्यक्ष अनि सहकोषाध्यक्षमा छेन्जोम लामा र सुवर्ण शाक्य र सदस्यमा पेम्बा शेर्पा छन् ।

नवनिर्वाचित समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी तुरुन्त जारी गरेको विज्ञप्ती अनुसार सवै नेपाली संघसंस्थाहरुसंग मिलेर अघि बढ्ने बताएको छ भने नेपालमा आदिवासी जनजातिको अधिकारको निम्ती दवाब दिने पनि उल्लेख छ ।

तस्विरहरु सामाजिक संजालक मार्फत लिईएको हो

Published On: Time : 21:06:55  208पटक हेरिएको

तपाईको प्रतिक्रिया