तिहार पर्व उर्फ वालिहाङ तङ्नाममाथि एक चर्चा : दसैको विरोध गर्ने हो भने तिहार पर्व चाहिँ कुन दृष्टिकोणले आदिवासी समुदायसँग सम्बन्ध राख्छ त ?

अमर तुम्याहाङ

साबिती
याक्थुङ (लिम्बू)संस्कृतिको रूपमा वालिहाङ तङनाम, यसको सामयिक समयसीमाको खोजी, खस नेपालीले मस्त पेलेको पछिल्लो याक्थुङ लोक जिब्रोले बलिहाङ भन्ने वालिहाङ शब्द र लिम्बु भाषा विज्ञानको लेखाजोखा, वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी पाइएका पछिल्लो समयका केही सामग्रीको सङ्क्षिप्त चर्चा यस आलेखमा गर्ने जमर्को गरिएको छ । यस आलेखमा पुराना समग्रीमा उल्लेख भए अनुसार ‘बलिहाङ’ शब्द जस्ताको तस्तै राखिएको छ भने बाँकी ठाउँमा आएको राजाको नाम र चाडमा ‘वालिहाङ’ प्रयोग गरिएको छ । यस चाडको सुदूर ऐतिहासिकता र महाबलि भनिने बलिराजासँगको तुलनात्मक अध्ययन यस आलेखमा समेटिएको छैन् ।

याक्थुङ जातिको संस्कृति वालिहाङ तङ्नाम
वैरागी काइँला a भन्छन्, “बलिहाङ तङ्नाम लिम्बु संस्कृतिको अभिन्न अङ्ग बनेको छ ।” हुन पनि संस्कृति भनेको टी.एस. इलियटको शब्दमा “जीवनको बाटो” हो । लिम्बु जातिका लागि पछिल्लो समयमा आएर वालिहाङ तङ्नाम याक्थुङ जातिलाई चिनाउने चाड बनेको छ, हिन्दूहरूले मान्ने तिहारको जबरजस्त प्रकोपका बीचमा । स्वपहिचानको खोजी सँगसँगै यसको रङ्ग दिनदिनै गाढा हुँदै गएको प्रतीत भइरहेको छ । यसर्थ याक्थुङ संस्कृतिको मूल बाटोको नापो बढाउने थप संस्कृतिको रूपमा वालिहाङ तङ्नाम रहेको कुरामा अब दुविधा रहेन लिम्बु समाजमा ।

नेपालका रजौटा राज्यहरू बाइसे र चौविसे मध्ये राजा मिचे ध्युङ्कलको अगुवाइमा सबैभन्दा पहिला वि.स. १३७० मा स्थापित मुस्ताङ राज्यपछि दोस्रो पुरानो राज्य हो, बलिहाङ राज्य जुन चौबिसे राज्य समूहमा पर्दथ्यो । त्यस बलिहाङ राज्यका बारेमा उल्लेख छ कि “४००० घरधुरी भएको बलिहाङ राज्यको स्थापना वि.स.१४०० मा भएको थियो । वि.स.१५८० मा पाल्पाका राजाले गुल्मी, अर्घा, खाँची राज्यको मदत लिई बलिहाङ राज्यलाई युद्धमा जिती ती राज्यहरूले बाँडेर लिए ।

कहिले सुरु भयो लालिङ्घे,नामलिङ्घे खेल्ने परम्परा ?
आज भन्दा ३०÷३२ वर्ष पहिले फेदाप थुमको सिम्ले २ का येबा पुण्यप्रसाद सिङ्गकले वालिहाङ तङ्नाममा भट्याउँदा लिम्बु जातिमा प्रचलनमा रहेको तङ्सिङ मुन्धुमका क्रममा आउने विभिन्न मुन्धुम भट्याउने गरेको र आजभोलि लालिङ्घÞे÷नामलिङ्घेÞ खेल्दा भट्याउनेको भनाइमा सम्मति जनाउन दोहोरिने लालिङ्घÞे÷नामलिङ्घेÞको बदलामा “ताम्नारो” भन्ने गरेको पाइएको छ । यसरी नै पान्थरतिर लालिङ्घेÞ÷नामलिङ्घेÞ खेल्दा सम्मतिसूचक शब्दका रूपमा “ताम्राङ्गेक्” भन्दै एउटा खुट्टा उचालेर उफ्रिँदै खेलेको पाइयो । यसरी नै यो कलमी आफै सानो छँदा त्यस समयका बूढापाकाले वालिहाङ तङनाममा भट्याउँदा स्वर मिलाउनेले “ओरो” भनेको सुनेको थियो भने पछि दार्जिलिङ् बस्दै आएका रातेखोला माइला तुम्बा गाउँमा आउनु भएपछि भने लारि¬ङ्गे नाम्लिङ्गे भन्न थालियो । आजभन्दा ६५÷६८ वर्ष अघि सिक्किमतिर वालिहाङ तङ्नामका अवसरमा भट्याउनेको स्वरपछि सम्मतिका लागि ‘ओरो’ शब्दको प्रयोग हुन्थ्यो भने लालिङ्घेÞ नाम्लिङ्घेÞ प्रयोग हुन थालेको ३०÷३५ वर्ष भएको पाइयो ।

सी.बी. थिङ्लाबोबुले चेम्जोङ सङ्कलित किरात मुन्धुमको देवसी—भैली पुस्तिाकामा ‘दुई शब्द’ शीर्षकको आफ्नो भनाइमा उल्लेख गरे अनुसार वि.स. २०१४ (आफ्नो भनाइमा संवत १९१४ भनी लेखेका छन्, त्यो सायद शुद्धासुद्धि बिग्रिएर यसो भएको हुनुपर्छ किन भने इमानसिंह चेम्जोङ सन् १९०४ मा जन्मिएर सन् १०५० अर्थात् २००७ सालको नेपालको क्रान्तिपछि सिक्किमबाट लिम्बुवान हुँदै काठमाडौँ पुगेका हुन्) मा काठमाडौँमा इमानसिंह चेम्जोङको अगुवाइमा सर्वश्री नरबीर इजम, महेश्वर मेन्याङ्बो र अन्यले खेलेको लिखित रूपमा उल्लेख गरेका छन् । त्यो समयमा वालिहाङ तङ्नाम खेल्ने कार्यक्रममा सहभागीलाई इमानसिंह चेम्जोङले प्रमाणपत्र वितरण गरेको कुरा पनि थिङ्लाबुले उल्लेख गरेका छन् । यसपछि दार्जिलिङ्मा सन् ७० को उत्तरार्ध र ८० को पूर्वार्धमा युमाभक्त लक्ष्मण लावतीको अगुवाइमा अखिल भारतीय किरात चुम्लुङ दार्जिलिङ शाखाले वालिहाङ तङ्नाम खेलेको कुरा पनि थिङ्लाबुले आफ्नो भनाइमा उल्लेख गरेका छन् । यही समयको सेरोफेरोमा दार्जिलिङमा प्रशिक्षित याक्थुङहरू लिम्बुवानमा आएर फाटफुट लालिङ्घेÞ नाम्लिङ्घेÞ खेले र पछि २०४६ सालमा प्रजातन्त्र पुनरप्राप्तिपछि स्वपहिचानको खोजीमा किरात याक्थुङ चुम्लुङ स्थापनापछि यही संस्थाको अगुवाइमा लालिङ्घेÞ नाम्लिङ्घेÞ खेल्न थालियो । त्यसपछि चुम्लुङका विभिन्न जिल्ला कार्य समितिहरू र संसारका विभिन्न मुलुकमा रहेका किरात याक्थुङ चुम्लुङहरूले चासोक तङ्नाम मनाई आएका छन् ।

राजा बलिहाङको बारेमा जानकारी नभई राज्यको नाम मात्र बलिहाङ रहेको कुरा पुष्टि हुन्छ, बलिहाङ राजाको बारेमा कुनै तथ्य खुल्दैन । बलिहाङ नामको अत्यन्त प्रतापी राजा जसका नामबाट नै राज्यको नाम रहन गयो । के यो सम्भव छ ? त्यसो भने कसरी रहन गयो त ?यी प्रश्न अवश्यमेव स्वभाविक छन् जसको उत्तर यहाँ पाइएको छैन, भविष्यको गर्भमा थाँती रहेका छन् ।

याक्थुङ भाषा विज्ञानका आधारमा बलिहाङ चाडको नाम कति ठीक कति बेठीक ?
याक्थुङ भाषा विज्ञान अनुसार ‘ब’ व्यञ्जन ध्वनि ‘प’ वर्णको संवर्ण हो । यसको अर्थ ‘ब’ व्यञ्जन ध्वनि याक्थुङ शब्दको सुरुमा आउँदैन अर्थात् ‘ब’ व्यञ्जन ध्वनिबाट शब्द निर्माण हुँदैन । यसर्थ आजभोलि भनिने राजाको ‘बलिहाङ’ वा चाडको नाम ‘बलिहाङ तङ्नाम’ याक्थुङ् भाषाबाट विकास नभई आगन्तुक हुनुपर्छ अथवा खस नेपाली उच्चारणसँग याक्थुङ जिब्रो पोइल गएर ‘पेघा’ ‘बेघा’, ‘चबेगु’ ‘जबेगु’ इत्यादि भएजस्तै ‘वलिहाङ’ नाम ‘बलिहाङ’ भएको हुनुपर्छ । यसै बेला शास्त्रीय याक्थुङ भाषा आकारान्त भएको कुरालाई पनि बिर्सनु हुन्न । यदि यसो हो भने तल उल्लेख गरिएको हेमिल्टन, चेम्जोङको मत अनुसारको ‘बलिहाङ’ नभई लाओती र यङ्याङको मत अनुसार ‘वालिङ्हाङ’ वा ‘वालिहाङ’ याक्थुङ भाषा विज्ञान सम्मत रहेको छ ।

वालिहाङ र वालिहाङ तङ्नामबारेमा पाइएका सामग्री
वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धमा केही पुस्तकहरूका अंशका रूपमा उल्लेख भएका पाइन्छन् । यस सम्बन्धमा केही काव्यात्मक कृतिहरू, साङ्गीतिक कृतिहरू र समीक्षात्मक लेखहरू पनि प्रकाशनमा पाइएका छन् ।
(क) वालिहाङ र वालिहाङ तङ्नाम उल्लेख भएका पुस्तकहरू
नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको कक्षा १० को ‘इतिहास’ नामक पुस्तकमा नेपालका रजौटा राज्यहरू बाइसे र चौविसे मध्ये राजा मिचे ध्युङ्कलको अगुवाइमा सबैभन्दा पहिला वि.स. १३७० मा स्थापित मुस्ताङ राज्यपछि दोस्रो पुरानो राज्य हो, बलिहाङ राज्य जुन चौबिसे राज्य समूहमा पर्दथ्यो । त्यस बलिहाङ राज्यका बारेमा उल्लेख छ कि “४००० घरधुरी भएको बलिहाङ राज्यको स्थापना वि.स.१४०० मा भएको थियो । वि.स.१५८० मा पाल्पाका राजाले गुल्मी, अर्घा, खाँची राज्यको मदत लिई बलिहाङ राज्यलाई युद्धमा जिती ती राज्यहरूले बाँडेर लिए । मध्यकालीन बलिहाङ राज्य वर्तमान नेपालका पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, गुल्मी र नवलपरासी जिल्लामा विभक्त गरिएको छ” .
(श्रेष्ठ, खड्गमान, सुवेदी, राजाराम र अधिकारी, सुनीलकुमार, २०६४ः ७० )।

किरात इतिहासकार चेम्जोङले हेमिल्टनको लेखाइ साथै बलिहाङ मुन्धुमको हवाला दिँदै बलिहाङको मुन्धुम उल्लेख गरेका छन् ; मुन्धुममा बलिहाङ प्रजावत्सल, ज्ञानी, ध्यानी र त्रिकालदर्शी भएको, आफ्नो मृत्युको बारेमा अग्रिम थाहा पाएको, सो कुरा आफ्नो मन्त्रीमण्डल र प्रजालाई भनेको, बाँच्ने उपाय बताएको, सोही उपाय अनुसार मङ्सिरे औँसीमा नुहाइधुवाइ सफा सुग्घर भई घरबार सरसफाइ गरी घर भित्रबाहिर हजारौँ बत्ती बाली मृत्युको देवतासँग उनको आयु मागेको, उनी बाँचेको अनि बलिहाङ कै आदेश अनुसार बलिहाङ बाँचेको खुसीयाली मुलुकभरिका घरघरमा गएर फैलाएको र सोही उपक्रम नै कालान्तरमा बलिहाङ तङ्नामको रूपमा विकास भएको कुरा उल्लेख छ

यसरी नै किरात इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो पुस्तक History and Culture of Kirat People
पुस्तकमा किरात मगरहरूको राज्यमा हिन्दूहरूको व्यापक प्रभाव पर्नुभन्दा धेरै अघि बलिहाङ नाम गरेका किरात राजाले राज्य गर्थे भनेर हेमिल्टनले आफ्नो किताब An Account of the Kingdom of Nepal को पृष्ठ १७१ मा उल्लेख गरेका छन् भनी लेखेका छन् । उक्त पृष्ठमा हेमिल्टनले उल्लेख गरेका कुरा यस प्रकार छः Gandharba Sen of Palpa and Binayakpur made a considerable addition to his dominations, having, with the assistance of his allies, the Rajas of Gulmi and Kachi, seized on the territories of an impure Magar chief, who resided at Balihang.।

माथि उल्लेखित दुई वटा विवरणले राजा बलिहाङको बारेमा जानकारी नभई राज्यको नाम मात्र बलिहाङ रहेको कुरा पुष्टि हुन्छ, बलिहाङ राजाको बारेमा कुनै तथ्य खुल्दैन । बलिहाङ नामको अत्यन्त प्रतापी राजा जसका नामबाट नै राज्यको नाम रहन गयो । के यो सम्भव छ ? त्यसो भने कसरी रहन गयो त ?यी प्रश्न अवश्यमेव स्वभाविक छन् जसको उत्तर यहाँ पाइएको छैन, भविष्यको गर्भमा थाँती रहेका छन् ।

तर किरात इतिहासकार चेम्जोङले हेमिल्टनको लेखाइ साथै बलिहाङ मुन्धुमको हवाला दिँदै माथि उल्लिखित आफ्नो किताबको पृष्ठ १४३ देखि १४६ सम्म ४ पृष्ठमा बलिहाङको मुन्धुम उल्लेख गरेका छन् । त्यस मुन्धुममा बलिहाङ प्रजावत्सल, ज्ञानी, ध्यानी र त्रिकालदर्शी भएको, आफ्नो मृत्युको बारेमा अग्रिम थाहा पाएको, सो कुरा आफ्नो मन्त्रीमण्डल र प्रजालाई भनेको, बाँच्ने उपाय बताएको, सोही उपाय अनुसार मङ्सिरे औँसीमा नुहाइधुवाइ सफा सुग्घर भई घरबार सरसफाइ गरी घर भित्रबाहिर हजारौँ बत्ती बाली मृत्युको देवतासँग उनको आयु मागेको, उनी बाँचेको अनि बलिहाङ कै आदेश अनुसार बलिहाङ बाँचेको खुसीयाली मुलुकभरिका घरघरमा गएर फैलाएको र सोही उपक्रम नै कालान्तरमा बलिहाङ तङ्नामको रूपमा विकास भएको कुरा उल्लेख छ ।

अर्का लेखक येहाङ लाओतीले आफ्नो पुस्तक ‘आदिवासी लिम्बू जातिको सङ्क्षिप्त परिचय (२०६२०) को पृष्ठ ६४—६६ मा बलिहाङ् तङ्नाम्लाई ‘वालिङ्हाङ् तङ्नाम्’ भन्ने गरेको प्रसङ्गदेखि चाड मानिने समय थेसेक्रो (कात्तिक) महिनाको लासिःक् (औँसी) जुन योगमा मृत्युको मुखमा पुगेका वालिङ्हाङ् बाँचोस् भनेर जनताले प्रार्थना गरेर बाँचेको र सोही घटना मुलुकभर सन्देशको रूपमा पुराएको कथाका साथै “अनार्य राजा महाबलिको सहादत र उनको महान् बलिदानको सम्झनामा अनार्यहरूले ३ (तीन) दिनसम्म बत्ती बालेर दीपावली मनाउने चलन चलाएको थियो । यस अनार्य संस्कृतिलाई कालान्तरमा आर्यहरूले पनि बलिराजाको आत्माको सम्मान गरेर आत्मसात् गरे ।” भनी जगत्बहादुर जोशीले सयपत्री वर्ष ३, २०५४ पृष्ठ ८५ को लेखाइ उधृत गरेर टुङ्ग्याएका छन् ।

ख. वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी सङ्कलित काव्य कृति र पत्रहरू
वालिहाङ तङ्नाम सम्बन्धी मुन्धुम लालिङ्घेÞ नामलिङ्घेÞ खेल्नका लागि लयात्मक रूपमा लेखिएका काव्यात्मक पुस्तकहरू पनि प्रकाशित भएका पाइन्छन् । ती मध्ये हालसम्म पाइएका प्रकाशन मिति उल्लेख भएका काव्यमध्ये ‘किरात मुन्धुम लिम्बू भाषाद्वारा देउसी— भैलो पुस्तिका’को प्रथम संस्करण ई.सं. १९७९ मा प्रकाशित भएको पाइएको छ । यस पुस्तकका लेखक (सङ्कलक ?) किरात याक्थुङ सुवास चोङ र ये ईङसा मादेन (जसहाङ) भनी उल्लेख छ भने यसको प्रकाशन किरात याक्थुंबा समाज (सोङ चुम् फो) दार्जिलिङले गरेको छ । यो काव्य ‘माङ हेना साम्लो’बाट सुरु भएको छ भने यसको मुख्य खण्डमा (१० तगाङ ईङ (इङ चाःत्तुम्लो तेङ्से लारिङ गेत् नु नामलिङ गेत्, खाहुन —— यांगसी (याङ्सी ) मुन्धुम पोगेरो, बली हाङ मुन्धुम पोगे, हाङ थामा साम्जिक् मुन्धुम् पोक् लो अन्तरगत इसोरिप्रसाद खिम्दिङ मुन्धुमसाबा लेखक रहेको हाङ्वागेन मुइ थासुम् लो शीषर्कहरू उल्लेख भएका छन् ।

वालिहाङ मुन्धुम वर्णित अर्को पुस्तक सन् १९८५ मा ‘लिम्बु भाषामा लिखित किरात मुन्धुमको देवसी—भैलो पुस्तिका’ प्रकाशित भएको थियो । यसको सङ्कलनकर्ता ‘किरात साहित्य गुरु स्व. ईमानसिंह चेम्जोङ’ उल्लेख भएको छ भने ‘अखिल भारतीय किरात चुम्लुङ एशोसिएसन सभा’ दार्जिलिङ केन्द्रले यसको प्रकाशन गरेको उल्लेख छ । यस काव्यको भूमिका सभाको महासचिव सुश्री सूर्य कुमारी चेम्जोङ’ले, सहसचिव सी.बी. थिङ्लाबुको दुई शब्द र सहसचिव पापोहाङ लक्ष्मण लावतीको पान्छेक्वा नेत्छी भूमिका खण्डमा प्रकाशित छन् । यसको मूल खण्ड ओत माङङे तागेरा निङबाफुमे युमा साममे हाङवा मुइ आधासेओ आसेवारो ।।

बलिहाङ तङनाम चात्तुमलो हाङबा मुइनाकतुमलो शीषर्कबाट सुरु भएको छ । यसपछि चाःतुम्लो तेङसे लारीङ गेत् नू नामलिङ् गेत ।। आल्ल कप्मु हाङवा थामा सामजिक पोकलो मुन्धुम पोकलो उपशीर्षक उल्लेख छ ।
अर्को काव्य नरबहादुर यङ्याङ् रचित (सङ्कलित वालीहाङ् तङ्नाम “लारिंगे” वालीराज उत्सव—देउसी नाममा २०५३ असोजमा प्रकाशित भएको थियो । पूर्ण अनुवाद सहित प्रकाशित भएको यस काव्यमा कुबुङ हेःक, वालिहाङ मुन्धुम र हाङवा थालाम् खण्ड समाविष्ट छ ।

यसरी नै डिबी आङ्बुङको सङ्कलन र सम्पादन ९२०७२, विद्युतीय प्रति० मा वालिहाङ तियाहा तङ्नाम् तेअङ्सिरे नाम्लिङ्घेÞ — लारिङ्घेÞ मुन्धुम तयार भएको छ । यो सामग्री आङ्बुङले वालिहाङ तङ्नाम २०१५ को अवसरमा आफ्नो फेसबुकमा राखेका थिए र इमेलमा केहीलाई उपलब्ध गराएका थिए । यस कृतिमा तक्पाःन् मुन्धुम् (नाम्लिङ्घेÞ मुन्धुम् ः तान्छो येÞम्मिल्लेÞ र लालिङ्घेÞ मुन्धुम् ः युन्छो येÞम्मिल्लेÞ०, मुन्धुम् चक्मा, नावा चइःत् मुन्धुम् सृष्टिको मुन्धुम्०, ताबु सिङ्ला नु थक्सापुसा पोङ्मा ९वनजङ्गल र पसुपक्षीको सृष्टि मुन्धुम्०, मेÞन्छाम्गेÞन् नाम्याप्मि पोङ्मा ९मानिसको सृष्टि मुन्धुम्०, वालिहाङ् मुन्धुम् (वालिहाङ्को मुन्धुम्०, हाङ्वामुइ र सेम्मुइ खण्डहरू उल्लेख छन् ।

यसरी नै किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला कार्य समितिले वि।सं। २०५४ देखि निरन्तर रूपमा वालिहाङ तङ्नामको अवसरमा लालिङ्घेÞ नाम्लिङ्घेÞ खेल्नको लागि पत्रमा वालिहाङ मुन्धुम्को विवरण छापेर ललितपुर जिल्लाका घरघरमा पुराउने काम गरेको छ । त्यस पत्रमा बलिहाङ मुन्धुम, नोमुइ मुन्धुम र सेम्मुइ नियमित रूपमा छापिने गरेको छ ।

ग.वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी स्मारिकका र बुलेटिन
किरात याक्थुङ चुम्लुङ ललिपुर जिल्ला कार्य समितिले २०७० मा बलिहाङ स्मारिका प्रकाशन गरेको थियो भने २०७१ देखि बलिहाङ मुइङसक् नामको वार्षिक बुलेटिन प्रकाशन गर्न थालेको छ । यी स्मारिका र बुलेटिनहरूमा ललितपुर चुम्लुङले तत्तत् वर्षमा लालिङ्घेÞ नाम्लिङ्घेÞ खेल्दाका गतिविधिका साथै साहित्यिक, लेख आदि समावेश गर्ने गरेको छ ।

घ) वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी समीक्षात्मक लेख
यस बाहेक डिबी आङ्बुङले तिहारको मुन्धुम, विकृति र सच्चाइहरू शीषर्कका लेख लेखी वि.सं. २०६७ पालाम मासिक पत्रिकामा छपाएका छन् जसको सम्पादित अंश २०७२ मा फेसबुकका साथै वेबसाइट ((http:esamata.com/np/2015/) हिन्दुकृत तिहार र वलिहाङ र पत्रिका इक्ला साप्ताहिक, वर्ष १, अङ्क ७, कात्तिक २०७२, इलाम० मा पनि पुनरमुुद्रित भएको छ । यस लेखमा तिहार शब्दको उत्पत्ति किरात याक्थुङ भाषाको तियाहा पदावलीबाट विकास भएको दावी छ भने तिहारमा खेलिने देउसी भैलोको अर्थ, तिहारमा देखिने विकृतिह ९जुवा तासको विकृति, तिहारमा दान दक्षिणा माग्ने र दिने लिने विकृति०, तिहारमा गरिने भाइटिका ९हिन्दु पनि हिन्दुस्तानी मूलतः हिन्दी भाषा बोल्ने हिन्दू, जुन भाषामा दाइ र भाइ जनाउने भैया मात्र हुन्छ दाजु जनाउने छुट्नै शब्द हुँदैन, दाजु जनाउन बडा र भाइ जनाउन छोटा विशेषण प्रयोग गरिन्छ, यसर्थ भाइ टीका नेपालका खस आर्य नेपालीको पनि चाड होइन भन्ने मतको प्रमाण— कलमीको मत० र देउसीको प्रसङ्ग, पुजिने काग, कुकुर, गोरु, गाई, भाइ पूजा वालिहाङ मुन्धुमका नभएको कुरा उल्लेख छ ।

ङ) वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी स्रव्य सामग्री

सुवास चोङ र जसहाङ मादेनले सङ्कलन गर्नु भएको वालिहाङ मुन्धुम पुस्तकलाई आधार मानेर सुवास लिम्बु र साथीहरूले ‘नाम रिङगेक लिम्बु भाषाको देउसीरे गीतहरू’को क्यासेट र त्यसपछि यासेली योङहाङको ‘लारिङ्गे नाम्लिङ्गे’ क्यासेट निस्किएका थिए । २०७२ कात्तिकमा यादन नुनाम सेर्मा र साथीहरूको गायनमा वालिहाङ तङ्नाम मुन्धुम नामको सिडी निस्किएको छ जुन डिबी आङ्बुङले सङ्कलन गर्नु भएको माथि ख मा उल्लेखित सङ्कलनलाई मुख्य आधार मानिएको छ । यसरी नै भगिराज इङनामको ‘याक्थुङ साक्थिम’ क्यासेट तथा सिडी २०७२ मा लारिङ्गेक् नाम्लिङगेक् याक्थुङ भाषाको गीत समावेश भएको छ भने त्यसको छायाङ्कन पनि गरिएको छ ।

माथिका सामग्रीले वालिहाङ र वालिहाङ तङ्नामका बारेमा विविध प्रकारका सामग्रीहरु रहेको कुरा पुष्टि गर्दछ । तर दुविधा र अस्पष्टताको असाध्य उकालो पनि कम छैन ।

बिसाउनी
यादन नुनाम सेर्माबाट स्वरवद्ध वालिहाङ तङ्नाम मुन्धुमको विमोचन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट २०७२ कात्तिक २३ गते प्राज्ञ वैरागी काइँलाले भन्नु भएको थियो— एक जना बुज्रुकले प्याजका हरेक पत्र उकाउँदै यो के हो ? भन्दै गए र यो प्याज होइन प्याजको पत्र भनियो अन्त्यमा प्याजको पत्र सकियो । कुदीको सुत्लो मात्रै बाँकी रहयो र त्यो पनि देखाउँदै यो प्याज हो भन्दा होइन सुत्लो हो भनियो र प्याजको अस्तित्व कही भेटिएन । यसरी नै लिम्बुहरुले मानिल्याएका चाडबाड रीति थिति सबै हाम्रो होइन भन्दै प्रश्न उठाउँदै जाँदा एकदिन नाङ्गै होइएला है भन्नु भएको थियो । हो नि मानिस भन्ने वितिक्कै नाक, कान नै नभएको कुनै गोरो मानिस वा कालो वा गहुँगोरो मानिस हुँदैन । तर तिनमा पनि भिन्नता अवश्य छ । पहाडेहरुले तराई मधेमा बस्ने थारु, सन्थाल, राजवंशी, यादव, मुस्लिम आदि सबैलाई एकै देखेजस्तै अथवा तराई मधेसकाले पहाड वा हिमालका राई, लिम्बु, मगर, गुरुङ, सुनुवार, सेर्पा, भोटे, तामाङ सबैलाई एउटै देखेजस्तै । तर यिनीहरुबीचमा तात्विक अन्तर छ, भिन्नता छ र उनीहरुले फरक पहिचान छ अनि फरक नाम पनि । हाम्रो संस्कृतिका विषयमा पनि यही कुरा लागू हुन्छ । वालिहाङ तङ्नाम मौलिक किरात चाड हो कि होइन भन्ने बहसले पनि कसी लगाउने काम अवश्य गर्छ । यस प्रकारको खोज, अनुसन्धान, तर्क, वितर्कले फाल्साका फाल्सा बेठीक वा ठीक भन्दै जाने होइन, डिनए टेस्ट वा डिएनए टे«सिङ गर्दछ जसले अस्तित्व नामेट पार्ने होइन, नयाँ धरातल र नयाँ आलोकका साथ उभिने आधार प्रदान गर्दछ । यसका लागि वालिहाङ तङ्नाम चाडको विसद् अध्ययन गरिनुपर्छ, तथ्य पत्ता लगाउनु पर्छ, जुन हामीले गरेकै छैनौ, केही गरौँ भन्ने आग्रह गर्दा सबै सखाप हुन्छ भनेर तर्सिन्छौँ जुन बेठीक छ । प्रश्न छः हामीले केही कुरा दावी गर्दा हाम्रा आधारहरु मौलिक छन् ? हाम्रो इतिहाससँग मेल खान्छन् ? हाम्रो जीवन दर्शनसँग कति निकट छन् ? यस्ता अनगिन्ती प्रश्नहरु छन् । बहस छलफलका कामहरु त्यस बारेमा विषय प्रवेशको जमर्को हो तर स्पष्टता होइन दुविधाका पहाड हाम्रा अगाडि छन् । तथ्यको आधारमा सत्य खोज्दै यिनलाई धैर्यता साथ पन्छाउन सकौँ, हामी सबैका अभिलाषा यही हो । यो लेख लेखकको व्लगबाट लिइएको हो ।

Published On: Time : 17:01:49  682पटक हेरिएको

तपाईको प्रतिक्रिया