राजनीति र शुद्धिकरण

                       

जे.पी.केरुङ

राजनीति एउटा यस्तो सशत माध्यम हो, जसले समाज र राष्ट्रलाई रुपान्तरण गर्दछ ,उतm रुपान्तरणको निर्धारण राजनीतिक व्यतिmत्वले गर्दछ भन्दा अत्युतिm नहोला । विश्व घटनाक्रमको ईतिहास देखि वर्तमानसम्म अध्ययन गर्दा राजनीति भन्दा राजनीतिक व्यतिmत्वले महत्व भुमिका खेलेको देखिन्छ त्यसैले यो भन्न सकिन्छ कि राजनीति साधन मात्र हो साध्य होईन । जतिखेर प्रभावशाली व्यतित्वहरु सत्तामा पुगे त्यतिखेर राष्ट्र बलियो र प्रभावशाली भएको थुप्रै दृष्टान्तहरु छन् । अमेरिकाको तत्कालिन राष्ट्रपति फ्राङकलिन रुजवेल्ट, बेलायती तत्कालिन प्रधानमन्त्री विन्स्टन चर्चील र सोभियत संघका तत्कालिन राष्ट्रपति जोसेफ स्टालिन जस्ता राजनीतिक व्यतिmत्वहरुका कारणले दोश्रो विश्व युद्धलाई अन्त्य गर्दै सन् १९४५ अक्टोबर २४ का दिन सन्फ्रान्सिस्को सम्मेलनबाट विधिवतरुपमा संयुतm राष्ट्र संघको स्थापना भयो । संयुतm राष्ट्र संघको स्थापना पछि उपनिवेशको क्रमिक अन्त हुनुका साथै मानव अधिकार, प्रजातन्त्र ,प्रेश स्वतन्त्रता, सार्वभौमिकता जस्ता बिषयहरु सतहमा आए । तर पछिल्लो समयमा आएर मानव अधिकार, प्रजातन्त्र, प्रेश स्वतन्त्रता, सार्वभौमिकताको आआफ्नै तरिकाले व्याख्या, विश्लेषण र अभ्यास भईरहेको देखिन्छ । यसका केहि प्रतिनिधीमुलक घटनाहरु हेरौ ।

अमेरिकाको तत्कालिन राष्ट्रपति फ्राङकलिन रुजवेल्ट, बेलायती तत्कालिन प्रधानमन्त्री विन्स्टन चर्चील र सोभियत संघका तत्कालिन राष्ट्रपति जोसेफ स्टालिन जस्ता राजनीतिक व्यतिmत्वहरुका कारणले दोश्रो विश्व युद्धलाई अन्त्य गर्दै सन् १९४५ अक्टोबर २४ का दिन सन्फ्रान्सिस्को सम्मेलनबाट विधिवतरुपमा संयुतm राष्ट्र संघको स्थापना भयो । संयुतm राष्ट्र संघको स्थापना पछि उपनिवेशको क्रमिक अन्त हुनुका साथै मानव अधिकार, प्रजातन्त्र ,प्रेश स्वतन्त्रता, सार्वभौमिकता जस्ता बिषयहरु सतहमा आए । तर पछिल्लो समयमा आएर मानव अधिकार, प्रजातन्त्र, प्रेश स्वतन्त्रता, सार्वभौमिकताको आआफ्नै तरिकाले व्याख्या, विश्लेषण र अभ्यास भईरहेको देखिन्छ ।

सन् २०१८ अक्टोवर २ का दिन साउदी मुलका पत्रकार जमाल अहमद खस्सोगीलाई टर्कीको राजधानी स्तानबुलस्थित साउदी कन्सुलरमा साउदी अरबका उच्च तहका पदाधिकारीहरुको सम्लग्नतामा मारिएको भन्ने समाचारहरु बाहिर आयो हालसम्म उतm घटनामा संलग्न व्यतिmहरु माथी कार्यवाही गरिएको सुचना सार्वजनिक भएको छैन । मानवअधिकार क्षेत्रमा संवेदनशिल विश्वका शतिmशाली राष्ट्रहरु मौन छन् । सन् २०१९ जनवरी २३ का दिन भेनेजुएलाका नेता जुवान गुआईदोले कारकासमा भएको एक कार्यक्रममा आफुले आफैलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरे शितयुद्वकालिन अवस्थाको झझल्को दिने गरि तत्काल अमेरिका, बेलायत, क्यानाडा लगायत युरापेली देशहरुले उनलाई राष्ट्रपतिको रुपमा समर्थन गरे भने अर्कातिर रुस, चीन, ईरान, सीरिया, क्युबा, टर्की लगायतका देशहरुले वर्तमान राष्ट्रपति निकोलस मदुरोलाई समर्थन गरे । त्यस्तै मुद्दा जे जस्तो उठाए पनि अफगनिस्थान, ईराक लगायत मुलुकहरुको सार्वभौमिकता माथी ठाडो हस्तक्षेप भयो, हाल ती देशहरुले गृहयुद्धको सामना गरिरहनु परेकोछ । यसरी मानव अधिकार, प्रेश स्वतन्त्रता, प्रजातन्त्र, सार्वभौमिकता जस्ता बिषयहरुमा विश्वव्यापी मुल्यमान्यतामा अनेकता देखा पर्नुको कारण शतिmको पिच्छेलग्गु प्रबृति हो भन्ने आधारहरु छन् । यिनै प्रवृति र चरित्र राष्ट्रिय अन्तराष्ट्रियरुपमा विस्तार र व्यापक हुदै गईरहेको छ यसले नयाँ मुल्य मान्यता स्थापित गरेको खण्डमा राजनीतिक क्रमभंगता हुनुका साथै विश्व शान्तीमा खलल पुग्ने कुरामा दुईमत नहोला । जमल खस्सोगीले समाचार लेखेको कारणले मारिनु भेनेजुएलामा राष्ट्रपतिको बैधानिकता बिषयमा विवाद देखिनुले विश्वव्यापी प्रजातन्त्र, मानव अधिकार, प्रेश स्वतन्त्रता र सार्वभौमिकता माथी गम्भिर प्रश्नहरु उठेका छन् ।
नेपालको सन्दर्भमा राजनीतिप्रतिको आमधारणा त्यति सकारात्मक छैन त्यसो भनेर राजनीतिको विकल्प खोज्न सकिन्न । त्यसका लागि राजनीतिमा आमूल परिवर्तनको आवश्यकता देखिन्छ । त्यो परिवर्तन अधिल्लो पुस्ताबाट सम्भव नभएपनि भावी पुस्तामा अनिवार्य र आवश्यक भएको छ । अहिले राजनीति त्यस्तो पेशा, व्यवसाय वा देखावटी समाजसेवा भएको छ राजनीति गर्न कुनै योग्यता, क्षमता नचाहिने अनि कुनै मुल्य मान्यता र ईमान्दारिता नहुने अवस्था छ, यसरी नै राजनीति अगाडी बड्ने हो भने कुनै प्रकारको वि.सं २०१७ साल पौष १ गते जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरि राजनीतिक व्यवस्था परिवर्तनको जस्तो पुनरावृति नहोला भन्न सकिन्न । योग्यता भन्नाले सडकको गल्लीमा झण्डा र डण्डा बोक्ने भनेको हाईन । समय र समाज सापेक्ष अगाडी बढाउने विश्वदृष्टिकोण हो, त्यो अध्ययन विना सम्भव छैन । डा. मोहम्मद महाथिर चिकित्सा शास्त्रका विद्यार्थी थिए, मलेशियालाई विश्व पहिचान दिने उद्देश्यले राजनीतिमा सामेल भए औद्योगिक राष्ट्रको रुपमा विकास गर्दै जुम्ल्याहा टावर बनाए । पछि मलेशियामा अनियमितता र भ्रष्टचार मौलायो पुन.राजनीतिमा सामेल भएर अहिले संसारको सबभन्दा ज्येष्ठ प्रधानमन्त्रीका रुपमा देशलाई सेवा गरिरहेका छन् । हाम्रो नेपालमा राजनीति गर्नेहरु आफ्नो गाँउ, क्षेत्र र देश बनाउने सपना, योजना, कार्यक्रमहरुको खाका बनाउन भन्दा पनि आफ्नो पद र प्रतिष्ठा प्राप्तीका लागि संसद, मन्त्री र प्रधानमन्त्री बन्ने ध्येयले राजनीतिमा दौडिरहेका छन् भन्दा अन्याय नहोला ।

एक दुई तोला सुन र दुई चार लाख बैङक ब्यालेन्स सम्पति देखाउने अनि करोडौ अरबौको लगानी, बंगला ,गाडी अकुत सम्पति कुम्ल्याउने काम भएको छ त्यसैले सम्पतिको पारदर्शीता र राजनीतिक कर्मीहरुको सम्पती सुद्दिकरण हुन आवश्यक छ । अन्यथा भ्रष्टिकरण नै हो भनि अनुमान गर्न सकिन्छ ।


क्षमता भनेको हजारौका माझमा चर्काे भाषण गर्नु मात्र होईन विश्वव्यापी विकासका मोडलहरु समय र स्थान सापेक्ष सामान्यीकरण गर्न सक्ने खुबी हो । आज भन्दा चार पाँच दसक अगाडी दक्षिण कोरियाले नेपालबाट उपभोग्य वस्तुहरु आयात गथ्र्यो असल राजनीतिकर्मीको देनले आज हजारौ नेपाली लाई आकर्षक तलब दिएर रोजगारी व्यवस्था गरेको छ । नेपालमा राजनीतिकर्मीको अर्कमन्यताले गर्दा राजनीतिमा भ्रष्टिकरण मौलाउन थाल्यो यसैको परिणाम स्वरुप नेपालीहरु अहिले परनिर्भर अर्थतन्त्रमा बाँच्नु परिरहेको छ । एक दुई तोला सुन र दुई चार लाख बैङक ब्यालेन्स सम्पति देखाउने अनि करोडौ अरबौको लगानी, बंगला ,गाडी अकुत सम्पति कुम्ल्याउने काम भएको छ त्यसैले सम्पतिको पारदर्शीता र राजनीतिक कर्मीहरुको सम्पती सुद्दिकरण हुन आवश्यक छ । अन्यथा भ्रष्टिकरण नै हो भनि अनुमान गर्न सकिन्छ । कुनै पेशा व्यवसाय विना त्यो कसरी सम्भव हुन्छ ? माक्र्सले “पुँजीमा” भनेका छन् दस प्रतिशत नाफाले पुँजी जाग्दछ, बिस प्रतिशत नाफाले पुँजीलाई जीवित बनाई राख्दछ, पचास प्रतिशत नाफाले सकारात्मक सन्देश दिन्छ, सतप्रतिशत नाफाले मानविय सभ्यताका नियम कानुनहरु उल्लङघन हुन जान्छ, तीनसय प्रतिशत नाफाले समाज र राष्ट्रको धोर अपराध गर्दछ । नेपालमा राजनीतिक आडमा देखिएको भ्रष्टिकरणले माक्र्सले भने जस्तो नियम कानुन उल्लङघन त गरेको छैन? प्रश्न उठेकोछ । यसमा राजनीतिको आलावा कर्मचारीतन्त्र, विभिन्न पेशा व्यवसायीहरुले पनि माक्र्सले भनेको जस्तो नियम कानुन उल्लङघन गरेको हुन सक्दछ त्यसैले सवैले आर्थिक पारदर्शिता राख्ने आँट गर्न सक्नु पर्दछ, ताकि राजनीतिप्रति जनताको विश्वास नघटोस । विशेष गरि राजनीतिमा देखिएको विकृति विसंगतिहरुलाई नीतिगत, व्यवहारिक कोणले सुधार गर्न आवश्यक देखिन्छ । अहिलेको सन्दर्भमा पहिलो र प्राथमिक बिषय निर्वाचन पद्धति सुधार्नका जनउत्तरदायी चुनावी अभियानको सहजिकरण निर्वाचन आयोगले गर्नुपर्छ । संघिय संसदमा उम्मेद्वार भएर जित्नका लागि न्युनतम पचास लाख देखि एक करोड सम्म खर्च हुने गरेको छ यस्तो अवस्थामा हार्ने र जीत्नेले चुनावमा भएको खर्च असुलउपर गर्न विभिन्न प्रलोभन र कमिसनको चलखेलमा लाग्न सक्दैन भन्न सकिन्न । त्यसैले पारदर्शी, मितव्ययी चुनाव प्रणाली लागि नीति नियम बनाएर अनुगमन, नियमन गर्न आवश्यक छ । दोश्रो बिषय अहिलेको राजनीतिक संस्कार र प्रवृतिमा व्यापक सुधार हुन आवश्यक छ । अहिले अधिकाँस युवाहरु पार्टी पुर्णकालिन कायकर्ता भएर हिडेका छन् अध्ययन अनुसन्धान, पेशा व्यवसायप्रति त्यति चासो दिएको देखिन्दैन त्यसो भयो भने राजनीतिलाई समाजसेवासंग जोड्न सकिन्दैन अन्तत राजनीति भ्रष्टिकरण हुन थाल्छ । समय परिवेश वदलिएको छ कुनै समय भुमिगत समय थियो त्यतिखेर न अध्ययन, अनुसन्धान सम्भव थियो न पेशा व्यवसाय गर्न नै । तर अहिले समय र सन्दर्भ वदलिएको छ । भावी युवा पिढीहरु राजनीतिमा आवद्ध छन् उनिहरु राजनीतिको माध्यमबाट समाजलाई रुपान्तरण गर्न परम्परागत नेपाली राजनीति भन्दा माथी उठ्न आवश्यक छ । प्रतिपक्षले झण्डा र डण्डा बोकेर सडक तताउने अनि सतापक्षले विभिन्न तस्कर, माफियासंग मिलेर कमिसनमा लाग्ने हो भने राजनीति दुर्घटनामा हुनुका साथै समाज र राष्ट्रले प्रतिगमनको भार बोक्नु पर्ने अवस्था आउन सक्छ । नेता कार्यकर्तामा पार्टीको दस्तावेज भन्दा वाहिर अध्ययन गर्न नरुचाउने, पत्रपत्रिका पढेको भरमा दृष्टिकोण बनाउने, आर्थिक, सामाजिक, नैतिक र राजनीतिक पारदर्शिता नहुने हो भने त्यसवाट निस्कने परिणाम घातक हुनेछ भन्दा अत्युति नहोला ।

माक्र्सले “पुँजीमा” भनेका छन् दस प्रतिशत नाफाले पुँजी जाग्दछ, बिस प्रतिशत नाफाले पुँजीलाई जीवित बनाई राख्दछ, पचास प्रतिशत नाफाले सकारात्मक सन्देश दिन्छ, सतप्रतिशत नाफाले मानविय सभ्यताका नियम कानुनहरु उल्लङघन हुन जान्छ, तीनसय प्रतिशत नाफाले समाज र राष्ट्रको धोर अपराध गर्दछ । नेपालमा राजनीतिक आडमा देखिएको भ्रष्टिकरणले माक्र्सले भने जस्तो नियम कानुन उल्लङघन त गरेको छैन? प्रश्न उठेकोछ ।


तेश्रो बिषय भ्रष्टचार न्युनिकरण र आचरण निर्माण गर्नु हो । अहिले मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ, त्यसको कार्यन्वयनको क्रममा संघिय संसद, प्रदेस संसद र स्थानिय तहका ७५३ स्थानमा चुनाव सम्पन्न भईसकोको छ ,समय सापेक्ष ऐन कानुनहरु बनाउनेक्रममा सरकारले व्यापक सरोकारवालाहरु संग छलफल गरेन परिणामस्वरुप केहि बिद्येयक पास हुन सकेन । वर्तमान सरकारले देशलाई समाजवाद उम्मुख समृद्द नेपाल सुखी नेपाली भन्ने नारा अगाडी सारेको छ तर व्यवहार त जनप्रतिनिधीहरु आफ्नो तलब भता आफै तोक्ने, विलासी गाडी खरिद गर्ने, कमिसनमा ठेक्का पट्टा लगाउने जस्ता खेलमा लागेको देख्दा समृद्द नेपाल, सुखी नेपाली त धेरै परको कुरा, संघिय लोकतान्त्रिक गणतन्त्र माथी गन्भिर प्रश्नहरु खडा भएका छन । राजनीतिलाई असल संस्कार,उच्च नैतिकताका रुपमा ग्रहण गर्न नसक्दा यस्ता प्रवृतिहरु देखिने गर्छन । नेताहरु झुठका पुलिन्दा हुन, कार्यकर्ताहरु कमिसनखोरी, तस्कर र माफियासंग साँठगाँठ गर्ने एजेन्ट भन्ने आरोपबाट जोगिनु पर्छ । त्यसका लागि सिंगापुरका पुर्व राष्ट्रपति ली क्वान यू ले भने जस्तो राजनीतिकर्मीहरुले व्यतिmगत जीवन र सार्वजनिक व्यतिmत्व विचको सन्तुलन मिलाउन सक्नुपर्छ अन्यथा व्यतिmगत लोभले संस्था धरासयी बन्न बेर छैन । अहिले पीत पत्रकारिता मौलाउदो अवस्थामा छ यसका धेरै कारणहरु मध्ये एउटा त राजनीतिक संस्कार पनि हो । वास्तविकता र यथार्थबाट भन्दा कसैको चाकरीमा लेखेर भ्रमित पार्ने ग्वेबर्स शैली अपनाएको देखिन्छ । पत्रकारितामा सत्य तथ्यको खाजी गर्नेमा आफ्ना विचार, पक्ष निकटको समेत कर्तुत पर्दाफास गर्ने साहश पत्रकारितामा हुनुपर्दछ । तर जमल खस्सोगीको मृत्युको भुतसंग संसारभरिका पत्रकारहरु डराईरहेका छन् । अहिले पञ्चायतकालिन सामन्ती राजाको झल्को दिनेगरि आफ्ना पार्टीका नेतालाई महान राजनेता मान्दै, नेताका ठुलठुला फोटो बनाएर जिन्दावाद र अमर रहोसको नारा लगाएर राजनीतिमा व्यतिवादी चरित्र हावी गराउन खोजिन्दै छ । अनि नेतृत्वले पनि कसले आकर्षक फोटो बोकेर घाँटी फुलाएर आवाज निकालेको आधारमा पार्टीमा जिम्मेवारी दिने प्रवृति प्रजातन्त्र माथीको खतरा हो । यसलाई कम्युनिष्ट शब्दमा लीन प्याओ शैली भनिन्छ । माओकालिन चाप्लुसी नेता लीन प्याओ माओलाई प्रतिस्थापन गरेर धन दौलत कमाउन माओले बोलेको एक शब्द हामीले बोलेको दसहजार शब्द बराबर हो भनि रटान लाउने नियत सबैले थाहा पाएपछि भाग्ने क्रममा दुर्धटनामा परेर मरे, यस्ता लीन प्याओ प्रवृतिहरुलाई निरुत्साहित नगरुन्जेल सम्म राजनीति विशुद्ध हुन सक्दैन । यी तमाम प्रवृतिलाई रुपान्तरण गर्न सक्ने क्षमताको विकास भएको खण्डमा राजनीति राजनेता उत्पादन हुने भट्टी बन्न सक्दछ । राजनेताको बिषयमा बेलायतका पुर्व प्रधानमन्त्री तथा चर्चित राजनीतिकर्मी विन्स्टन चर्चीलले भनेका छन् नेताले भोली के हुने अर्काे महिना, बर्ष के हुन्छ भनि भविश्यवाणी गर्नसक्नु पर्दछ यदि भविश्यवाणी भने जस्तो भएन भने किन भएन भनेर विश्लेषण गर्न सक्ने क्षमता हुनुपर्छ । यी क्षमताको विकास नेपाली राजनीतिकर्मीमा हुन आवश्यक छ

पञ्चायतकालिन सामन्ती राजाको झल्को दिनेगरि आफ्ना पार्टीका नेतालाई महान राजनेता मान्दै, नेताका ठुलठुला फोटो बनाएर जिन्दावाद र अमर रहोसको नारा लगाएर राजनीतिमा व्यतिवादी चरित्र हावी गराउन खोजिन्दै छ । अनि नेतृत्वले पनि कसले आकर्षक फोटो बोकेर घाँटी फुलाएर आवाज निकालेको आधारमा पार्टीमा जिम्मेवारी दिने प्रवृति प्रजातन्त्र माथीको खतरा हो । यसलाई कम्युनिष्ट शब्दमा लीन प्याओ शैली भनिन्छ । माओकालिन चाप्लुसी नेता लीन प्याओ माओलाई प्रतिस्थापन गरेर धन दौलत कमाउन माओले बोलेको एक शब्द हामीले बोलेको दसहजार शब्द बराबर हो भनि रटान लाउने नियत सबैले थाहा पाएपछि भाग्ने क्रममा दुर्धटनामा परेर मरे, यस्ता लीन प्याओ प्रवृतिहरुलाई निरुत्साहित नगरुन्जेल सम्म राजनीति विशुद्ध हुन सक्दैन ।


पछिल्लो समय राजनीति भीडतन्त्रमा रुपान्तरण हुदै गईरहेको छ, चिन्तन, विचार र व्यवहारले जनसमर्थन जुटाउनुको सट्टा प्रलोभन, प्रभाव, दवाव र आश्वासनले भीडतन्त्र बनाईरहेको छ, यसले नीति प्रधान भन्दा व्यतिmप्रधान वनाउने काम गरिएको छ । यस्तो क्रियाकलापले लोकतन्त्रका आधारभुत मुल्य मान्यताहरु भत्काउन वेर छैन त्यसो भयो भने वेलायती पुर्व प्रधानमन्त्री एवं राजनीतिक कर्मी विन्स्टन चर्चीलले भने जस्तो प्रजातन्त्र सवभन्दा खराव शासन पद्धति हो प्रजातन्त्रमा सानो पार्टीको योग्य व्यतिm भन्दा बहुमत रहेको मर्ख स्वाँठ र अति अयोग्य व्यतिm छनौट हुन्छ अनि लेलिनले भने जस्तो चुनाव खसीको टाउको देखाएर मान्छेको मासु बेच्ने ठाँउ त होईन भन्ने प्रश्नहरु उठ्न थाल्छन त्यसपछि विप्लव समुहको एम्बुसमा कति अनाहक र निर्दाेष नागरिकले मृत्युवरण गर्नुपर्ने हो, सोच्नेवेला आएको छ । आमरुपमा विकसित मुलुकहरुमा राजनीति एउटा उच्च नैतिक मुल्य मान्यताको रुपमा स्थापित हुदैछ जसरी डेविट क्यामरुनले प्रधानमन्त्री पद त्यागे, अमेरिकी पुर्व राष्ट्रपति वाराक ओवामा सामान्य जीवनयापनमा फर्के, भारतमा हालै सम्पन्न लोकसभा निवार्चनको परिणाम पछि पार्टीको अध्यक्ष पदवाट राजिनामा दिएका राहुल गान्धीलाई लिन सकिन्छ । विकासम्मुख मुलुकहरुमा राजनीति विकृत अवस्थामा नै छ अझ अल्पविकसित मुलुकहरुमा त राजनीति शतिm र स्वार्थको क्रिडास्थल बनिरहेको छ । नेपाल जस्तो विकासम्मुख मुलुकमा राजनीति प्रतिको आमधारणा र राजनीतिक नेतृत्वप्रतिको दृष्टिकोण त्यति सकारात्मक देखिन्दैन त्यसैले राष्ट्रको प्रधानमन्त्री जस्तो व्यतिmत्व उपचारको क्रममा सिंगापुर जाँदा सरकारको प्रवतmाले प्रधानमन्त्री आफ्नो खर्चमा उपचार गर्न जानु भएको भनि पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु पर्ने त्यसलाई जनताले समर्थन गर्नुपर्ने अवस्थाले पनि त्यो संकेत गर्दछ । नभए राष्ट्रको प्रधानमन्त्रीको उपचार खर्चमा राज्यले कन्ज्युसाई गर्नुपर्ने कुनै कारण नै छैन । बजेट विनियोजन शिर्षकमा मेरो क्षेत्रमा यतिउति बजेट हालियो भनेर रोष्टममा रोईलो गर्नुपर्ने संसदको कर्तव्य होईन, किनकी विकास निर्माण भनेको व्यतिmको विषय भन्दा पनि राष्ट्रको विषय बन्नुपर्ने हो । जसरी पञ्चायतकालमा प्रभावशाली संसदले आफ्नो क्षेत्रमा बढि बजेट लैजान्थ्यो कमजोर संसदले कम बजेट त्यसले गर्दा विकासमा असन्तुलन आयो कर्णालीको जस्ता क्षेत्रले राज्यबाट अन्याय भएको महशुस गर्नुपर्याे । अब यसरी जातिय, क्षेत्रिय असन्तुलित विकासलाई पुनरावृति गर्ने होईन । अर्काे कुरा संसदहरुको प्रमुख काम प्रभावकारी ऐन कानुन वनाउने हो देशका लागि उपयुतर्m नीति बनाउने कार्यक्रम ल्याई त्यसको कार्यान्वयन ,मुल्याङन ,अनुगमन र समिक्षा गर्ने हो र पार्टीका नेता कार्यकर्ताहरु पनि झण्डा र डण्डा वोकेर सडक जाम गर्नुको सट्टा सिर्जनशिल, परोपकारी नविन कार्यहरु सञ्चालन गर्ने, अनि नेताको घरमा आर्शिवाद थाप्न लामबद्ध लाग्नु भन्दा विकास र समृद्दिको योजना कार्यक्रम बनाउने साथै हरेक क्षेत्रमा हुने राजनीतिकरणलाई रोक्न तयार भएको खण्डमा नेपालको राजनीतिक क्रान्तीले सार्थकता पाउछ । अन्यथा हिजो राजा थियो अहिले राष्ट्रपति छन, हिजो प्रधानमन्त्रीको कुर्शीमा तुलसी गिरी थिए अहिले के.पी. शर्मा ओली छन भन्ने वाहेक अन्य कुराको अनुभुती गर्न सकिन्न ।
-( लेखक नेकपाका युवा नेता तथा राजनीतिशास्त्रको बिद्यार्थी हुनुहुन्छ )

Published On: Time : 14:03:28  463पटक हेरिएको

तपाईको प्रतिक्रिया