वरिष्ठ नेता पौडेल युरोप प्रस्थान

paudel

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान गरेका छन् ।

डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिन उनी आज राति ८ः३० को ओमन एयरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन ।

नेता पौडेलले डेनमार्क जनसम्पर्क समितिको अधिवेशनका साथै नेदरल्याण्ड र बेलायतको जनसम्पर्क समितिको कार्यक्रममासमेत भाग लिने उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँ यही फागुन ८ गते स्वदेश फर्कनुहुनेछ ।

Published On: Time : 18:11:55

तपाईको प्रतिक्रिया