पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

उर्लाबारी मोरङ, १८ माघ । मोरङको उर्लाबारी–१ स्थित भित्री सडकखण्डमा आज साँझ पिकअप भ्यानको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज साँझ ६ः३० बजे मे१ज २२४७ नंको पिकअप भ्यानको ठक्करबाट उर्लाबारी–१ का ९ वर्षीय बालक मनिष तोलाङ्गे सार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए।

Published On: Time : 17:52:06

तपाईको प्रतिक्रिया