फ्लोरिडा, इटाली। इटालीमा केही दिन पहिले गएको हिम पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबार १५ पुगेको यहाँको आन्सा न्युज एजेन्सीले जनाएको छ । बेपत्ता १४ जनाको उद्धारका लागि हेलिकोप्टर र स्किङ्ग समूहहरु निरन्तर खटिरहेका बताइएको छ ।
उद्धारमा सहभागी समूहलाई उद्धृत गर्दै आन्साले भनेको छ, “उद्धार टोलीले छ दिनदेखि अनवरत रुपमा हराएका मानिसको खोजी गरिरहे पनि उनीहरु पत्ता नलागेको साथै घटना भएको छ दिन भइसकेकाले अब उनीहरु जीवित पाइने सम्भावना क्षीण बनेको छ ।”
मध्य इटालीको अब्रुजो क्षेत्रमा रहेको एकतारे होटल हिमपहिरोले पुर्दा धेरै मानिसको मृत्यु हुनुका साथै अझै कैयौँ होटल कर्मचारी बेपत्ता रहेका छन् । उक्त घटनामा फसेका नौ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही उपचारपछि घर फर्किएका छन् । तीन जना स्थानीय अस्पतालमा उपचारारत् छन् ।