प्राकृतिक स्रोत साधन जल, जंगल, जमिन, जडीबुटी र धार्मिक ऐतिहासिक पृष्ठभूमि बोकेका एवं हिमालयका काखमा बसेका सबैभन्दा सुन्दर र मनमोहक देश नेपाल गरिबीको दलदलमा फस्दै जानु ठूलो दूर्भाग्य हो । संसारमा नै सबैभन्दा जलस्रोतको धनी देश नेपाल दिन प्रतिदिन कंगाल हँुदै जानुको कुनै विशेष कारण छैन । हामीले ईमान्दार नेता नपाएको कारण नै हाम्रो देशको यति ठूलो दुर्दशा छ ।
ईमान्दार नेता पाएका देश बिना स्रोतसाधनकै आफ्नो क्षमताको भरमा विश्वकै समृद्ध देशमा गाँजिएको छ । जापान, कोरिया, मलेसिया र सिंगापुर लगायतका देशलाई उदाहरणको रूपमा लिन सकिन्छ । उदार औद्योगिक नीतिका कारण सन् १९६० तिर हाम्रै देश नेपालकै जस्तो अवस्थामा रहेका सिंगापुर, मलेसिया, दक्षिण कोरिया, जापान र भारत अहिले आर्थिक क्रान्ति ल्याई सफल र धनी राष्ट्रको रूपमा स्थापित भएको छ । तर हाम्रो देशमा नेतृत्व वर्गको संकुचित मानसिकता र व्यतिmगत स्वार्थका कारण आर्थिक र औद्योगिक क्रान्तिका कुरै छोडौं लोकतन्त्र गणतन्त्र जस्तो उत्कृष्ट व्यवस्था पनि धरापमा पर्ने अवस्थामा छ ।
नेताहरूको अदुरदर्शिताले गर्दा स्थायी सरकार चुनाव अवधिसम्मका लागि दिन नसकेकोले देश कालाबजारी, भ्रष्टाचार, अराजकता र गरिबीको दलदलमा फस्दै गएको छ । जहाँ रक्षक नै भक्षक छन् त्यहाँ भगवानले पनि केही गर्न सक्दैन । देशलाई एउटा नयाँ दिशा दिई समृद्धिको तर्फ लैजानुको साटो जनतालाई झुठो भाषण गरी मिठो सपना देखाई ठाउँ ठाउँमा आफ्ना पार्टी प्रतिको बफादार व्यक्ति नियुक्त गरी जनतामा भ्रम पैदा गरि देशलाई लुट्ने र पैसा कमाउनेतिर लागेको छ ।
प्रजातन्त्र भनेको अवसरको समानता हो । कानुनको अगाडि सबै समान छन् । कानुनभन्दा माथि कोहि छैनन् । तर नेपाली जनताले कानुनी राज्य व्यवस्थाको वास्तविक रूपको अनुभव प्राप्त गर्न सकेन । नेपाली साशकहरू आफ्नो अनुकुल कानुन निर्माण गरी देशलाई मनचाहा किसिमले लुट्दै आएका छन् र लुट्दै छन् ।
नेपालमा लोकतन्त्रभन्दा पनि लुटतन्त्र हावी भएको छ । कृषि प्रधान देश कुर्सी प्रदान देशको रूपमा रूपान्तरित भइसकेको छ । सत्ताको लुछाचुँडीका कारण देशको अर्थतन्त्र अति नै दयनीय अवस्थामा पुगेको छ । भ्रष्टाचारको कुरा गर्ने हो भने हरेक क्षेत्रमा भ्रष्टाचारीहरू नै हावी भएका छन् । मुलुकको ढुकुटी सिध्याउनका लागि विभिन्न किसिमका षड्यन्त्रहरू हुँदै आएको छ ।
नेपाली नेताहरू विरामी पर्दा विदेशमै उपचार गराउनुपर्ने त्यसमा पनि देशकै आर्थिक सहयोगबाट । तर, एउटा जनता उपचार र औषधिको उपचारमा अकालमै ज्यान गुमाउनु परेको छ । राजनीति भनेको सेवा हो, व्यापार होइन भन्ने कुरा यहाँका राजनीतिज्ञहरूले बुझ्न सकेका छैनन् । जसरी पनि देशको ढुकुटी लुट्ने र आफ्ना सन्ततिका लागि अकूत सम्पत्ति जम्मा गर्ने उद्देश्य मात्र बोकेका छन् यहाँका राजनीतिज्ञहरू ।
संसारका हरेक सुुख सुविधा हुँदा हुँदै नेपाली जनता गरिबी रेखामुनि पिल्सिँदै छन् । भनिन्छ नेपाल गरिब देश हो तर, यहाँ नेताहरू धनी छन् । मुलुकलाई गरिब बनाएर नयाँ नेपालको सपना देख्नु हास्यास्पदबाहेक अरू केही पनि होइन । हरेक चीजमा राजनीतिक चलखेल हावी भएको छ । राजनीति भनेको जनता र राष्ट्रका लागि हुनुपर्दछ । आफ्नो व्यक्तिगत स्वार्थका लागि होइन ।
देशका साधारण जनता एउटा सिटामोल ट्याबलेट नपाएर मरिरहेको अवस्थामा छ भने देशका अरबपति सुजाता कोइराला लगायतका व्यतिmहरू देशको ढृकुटी राज्य कोषबाट लाखौं करोडौं रूपैयाँ उपचारको नाममा निकाशा गरि देशमा ब्रहमलुट मच्चाउँदै छन् । यसैगरी, आफूलाई महान राष्ट्रवादी भनाउने केपी शर्मा ओलीसमेतले उपचार खर्चको नाममा राष्ट्रको ढुकुटीबाट करोडौं लिइसकेका छन् ।
भारतका प्रमुख कानुन विद् पालखिवालले भनेका छन्, हामीलाई आज अरू चिजभन्दा बढी मोरल नेतृत्व चाहिएको छ जो हिम्मत साहस बौद्धिक निष्ठा र मूल्य मान्यतामा आधारित होस् त्यो मुल्य र मान्यता जो उसको दुरदर्शिता र व्यक्तित्वले बढी महत्व राख्दछ । त्यसका लागि स्पष्ट र जोडदार रूपले बोल्न नसक्नु नै बौद्धिक व्यक्तित्वको राष्ट्रपतिको ठूलो राष्ट्रघात हो ।
अहिले हाम्रो देश नेपालमा नैतिक मूल्य मान्यताको निकै अभाव छ । देशलाई लुट्ने होडबाजीमा लाग्दै लाज शर्म सबै बिर्सिसकेका छन । नेपालका बुद्धिजीबीहरू पनि आफ्ना बुद्धि विवेकलाई राजनैतिक पार्टीका नेताहरू समक्ष बन्धकी राखी दिएका छन् । जसले गर्दा निष्पक्ष र निर्भिक भएर राजनैतिक पार्टीहरूलाई सचेत गराउन सक्ने व्यक्तिहरूको नेपालमा खडेरी परेको छ ।
यसरी नैतिक मूल्यमान्यता भिन्नताको अवस्थालाई चिर्दै आफ्नो व्यक्तित्वलाई दाउमा राख्दै नेपालका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई संविधानसभाबाट २०७२ साल आश्विन ३ गते जारी भएको नेपालको संविधान २०७२ लाई अपुरो अधुरो भन्दै संविधानसभाको सदस्य पदबाट राजीनामा दिनुभयो । संविधानमा देशका असन्तुष्ट पक्ष मधेशी जनजाति, दलित र महिला मूस्लिम लगायत समूदायको मागलाई सम्बोधन गर्न संविधान संशोधनको माग गरेको डा. बाबुराम भट्टराईले यो संविधान आधी भरिएको र आधी भाग खाली रहेको गलस जस्तै हो । आन्दोलनरत् मधेशी र मधेश माथी कर्फयु लागु गरि जारी गरिएको यो संविधानलाई शोषित समूदायहरूले कदापि स्वीकार गरिदैन भन्नु भयो ।
डा.बाबुराम भट्टराई आफ्ना पार्टी एकीकृत नेपाल कम्युनिष्ठ पार्टी माओवादीको साधारण सदस्यबाट समेत आश्विन ९ गते राजीनामा गर्दै आफू स्वतन्त्र व्यक्तिको हैसियतमा अब देशको समृद्धि र नयाँ शक्ति निर्माण अभियानमा लाग्दै एउटा वैकल्पिक शक्ति निर्माण गर्ने उद्घोष पत्रकार सम्मेलन गरि गर्नु भयो । तत्पश्चात २०७२ साल आश्विन १२ गते आन्दोलरत मधेशी जनतालाई जनकपुरमा सम्बोधन गर्दै भन्नु भयो यो संविधानमा संधियता, लोकतन्त्र, गणतन्त्र धर्मनिरपक्षता, समानुपातिक समावेशित आदी उपलब्धीमूलक हो भने विषयहरूमा मधेश आन्दोलन, थरूहट आन्दोलन, जनजाति आन्दोलन लगायतका सहमति भएका विषयहरूलाई नसमेट्नु संविधानको मूल्य कमजोरी पाटो हो ।
तपाईहरूको आन्दोलन जायज हो, म पनि तपाईहरूको आन्दोलनलाई सर्मथन गर्दै तपाईहरूको हरेक कदममा साथ दिँदै अगाडी बढ्ने छु भन्नुभयो । यो देशको पुरानो पार्टीहरू नेपाली कांग्रेस, एमाले र एमाओवादीले आ–आफ्नो समयमा देशमा परिवर्तनका लागि खेलेका भूमिकालाई सम्मान गर्छु तर अब अहिलेको अवस्थामा ती राजनीतिक दलहरू जनताको इच्छा आकांक्षालाई पूरा गर्न नसक्ने अवस्थामा रहेकोले अब हामी नयाँ युगका लागि, समृद्ध नेपाल निर्माणका लागि एउटा वैकल्पिक नयाँ शक्ति निर्माण गर्ने तर्फ लाग्नु नै अहिलेको आवश्यकता हो ।
नयाँ शक्ति निर्माणका लागि युवावर्ग नागरिक समाज, स्वतन्त्र व्यक्तिहरू र राजनीतिक पार्टी भित्रका राम्रो विचार भएका व्यक्तिहरूको सहभागिता रहने कुरा उल्लेख गर्नुभयो । डा.बाबुराम भट्टराईले ल्याउनु भएको विचार स्वाधीनता, समृद्धि, गणतन्त्र, संधियता, समानुपातिक समावेशी, सदाचार, सुशासन, समुन्नत, समाजवाद र सहभागीतामूलक लोकतन्त्रलाई आधार मानी लाखौ जनशक्ति नयाँ शक्ति पार्टी नेपालमा आवध भएका छन् र देशको पचहतरै जिल्लाहरूमा संगढन निर्माण भईसकेकोले अगामी दिनमा नयाँ शक्ति नेपाल नै देशको मूल राजनैतिक पार्टी हुनेमा शंका छैन ।
डा.बाबुराम भट्टराईको इमान्दारीता विद्वता, कार्यक्षमता, लगनशीलता, सदाचारिता समृद्ध नेपाल निर्माण गर्ने भीष्म प्रतिज्ञा प्रति आम नेपाली जनता विश्वस्त रहेकोले नयाँ शक्ति पार्टी नेपाल नै ठूलो शक्ति हुने विश्वास सबैमा पलाएको छ । (साह, पूर्वसभासद् हुन् ।) (मधेश दर्पण फिचर सेवा)