गुरुङ राष्ट्रिय परिषदमा जंगबहादुर

हेटौंडाः गुरुङ राष्ट्रिय परिषद् (तमू ह्युल छो“ज धी) मकवानपुर जिल्ला शाखाको नया“ समिति चयन भएको छ । शनिबार भएको चौथो अधिवेशनले नया“ समिति चयन गरेको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा जंगबहादुर तमुको अध्यक्षतामा १७ सदस्यीय नया“ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा दिपक तमु, सचिवमा अमीर तमु, संगठन सचिवमा रमेश तमु, प्रचार सचिवमा नेत्रबहादुर तमु, कोषाध्यक्षमा सञ्जु तमु र सहकोषाध्यक्षमा बबिता तमु चयन भएका छन् ।

Published On: Time : 17:15:38

तपाईको प्रतिक्रिया