काठमाडौँ १३ मंसिर । काठमाडौं उपत्यकामा आज बिहान धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। नेपालको पूर्वी भागमा भूकम्पका धेरै ठूलो धक्का महसुस गरिएको पाँचथर फिदिमका सविन राईले बताए । रामेछाप र सोलुखुम्बु आसपास केन्द्र बनाएर ५ दशलमव ६ म्याग्निच्चुडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण क्षति भएनभएको अहिलेसम्म कुनै जानकारी आएको छैन । विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए।
यस अघि नेपालमा पच्छिलोपटक कार्तिक २१ गते बझाङ जिल्ला केन्द्र विन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
