नेपाली प्रजातन्त्रको उषाकालका अविस्मरणीय व्यक्तित्व दिवानसिंहराईद्वारा लिखित उपन्यास रिकुटेको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा राजधानीको अनुपम फुडल्याडमा लोकार्पण गरे । भोजपुरमा जन्मिएका राईको यसअघि निर्दोष हत्या उपन्यास पनि प्रकाशीत भइसकेको छ ।
‘दिवानसिंह राई विश्वेश्वरप्रसाद कोइराला सँगै सुन्दरीजल जेलमासमेत परेका थिए । सन् १९३९देखि १९४५ सम्म चलेको विश्व युद्धमा लाहुरेका रुपमा लडेका राईले गोरखा सैनिकका रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए ।’
वक्ता शैलेन्द्र शाकारले दिवानसिंह राईको व्यक्तित्वमाथि प्रकाश पार्दै शाकारले थपे । २०१५ सालमा गृह राज्य मन्त्री भएका राई जेलमा बस्दा अस्तित्ववाद बारे बिपीबाट प्रशस्त जानकारी लिएका थिए । रिकुटेमा भोजपुरको चालचलन, लवाइखवाई, त्यहाँको सांस्कृतिक चित्रण गरिएको छ । मोरङको रमाईलो झोडामा जग्गा वितरण गरिएको थियो । जग्गा वितरणमा त्यहाँका जनताले नमानेर देवनसिंहलाई पिटेर मारेको उल्लेख गर्दै त्यो हत्यारालाई अहिलेसम्म कारवाही नगर्नु राज्यको ठूलो कमजोरी हो भन्दै राज्य पक्षलाई अब देखि त्यस्ता हत्याराहरु कोही पनि नछुटुन भन्दै खवरदारी गरेका छन् ।
त्यसैगरी कार्यव्रmममा वक्ताका रुपमा आएका हरि अधिकारीले राईको रिकुटे उपन्यासमा नेपालको पूर्वी भागको आञ्चलिकता तथा स्थानीय पात्र, कथानक, सहनसहन र सांस्कृतिकतालाई चित्रण गर्नु, नेपाली जनजीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष पारेको दोस्रो विश्व युद्धमा भर्ति भएका अधिकांश गोर्खेहरुको जनजीवन र लाहुनेहरुको जनबोलीलाई प्रष्ट रुपमा ल्याउन खोजेका छन् भन्दै जिकिर गरे ।
कार्यव्रmममा विशेष अतिथिका रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ‘नेपाली राजनीति र जेलमा बसेर लेख्नुभएको पुस्तकमा युद्धको वर्णनका साथै लाहुरेको जीवनी चित्रण गरिएको छ । त्यस क्रममा गाउँदेखि युद्धसम्मका कुराहरु सटिक ढंगले उठाइएको छ । यस उपन्यासले साहित्यमा ठूलो प्रभाव पार्न सक्ने सम्भाव्यता व्यक्त गरे ।
यसैगरी पूर्व प्रधानमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर देउवाले भने नेपाली कांग्रेस सहिद नै सहिद भएको पार्टी हो । नेपाली कांग्रेसका नेताहरु कोहीलाई राज्य पक्ष, कोहीलाई माओवादीले र कोहीलाई आफ्नै पार्टी कार्यकता भित्रकाले अमानवीय हत्या गरे । अहिले सम्म पनि उक्त हत्या भएका सहिदहरुको नामावली प्रष्ट रुपमा आउन नसकेको अवस्थामा देवानसिंह राईलाई चितवनको झोडामा अमानवीय तरिकाले हत्या गरियो । यस्तो कार्यको नेपाली कांग्रस तथा म घोर भत्सना गर्दछु । अब यस्ता मर्ने र मार्ने कार्यको अन्त्य हुनुपर्छ ।’ साथै देउवाले भने यो ऐतिहासिक पुस्तक नेपाली इतिहासको ठूलो सम्पत्ति हो । यस्तो ऐतिहाँसिक उपन्यास लेखेर हामीलाई उपहार छोडेर जानु भएकोमा देवानसिंह राईलाई धन्यवाद पनि दिए ।
रिकुटे उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो । उक्त उपन्यासको सम्पादक कवि तथा समालोचक हरि अधिकारी हुन् भने शुद्धाशुद्धि जिके पोखरेलले गरेका हुन् । त्यस्तै गरि पुस्तकको आवरणको बनावट सन्तोष कुमार दाहालले गरेका हुन् । रिकुट उपन्यासको बजार मूल्य ३७३।– रहेको छ ।