भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दुईपटक बन्द हुने भएको छ। विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्।
उनी काठमाडौंवाट जनकपुर र पोखरा जाँदा विमानस्थल डेढ घण्टा बन्द हुनेछ जाने कार्यक्रम रहेको छ। मुखर्जी विहान दस बजे जाँदैछन्। उनी जनकपुर जाने क्रममा विहान दस बजेदेखि साढे दस बजेसम्म विमानस्थल बन्द हुने प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।
जनकपुरवाट उनी दिउँसो दुई बजे पोखरा जानेछन्।पोखराबाट काठमाण्डौ फर्किएपछि विमानस्थलबाटै भारतीय राष्ट्रपति भारत फर्किने कार्यक्रम रहेको छ। ठाकुरका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको स्वदेश फिर्तीका समय बेलुका सवा चार बजेदेखि पाँच बजेर १५ मिनेटसम्मका लागि त्रिभुवन विमानस्थल बन्द हुनेछ।
पोखरा र जनकपुर भ्रमणका लागि बुद्ध एयरको जहाज चार्टर्ड गरिएको छ। ठाकुरले जनकपुर विमानस्थलमा नियमित उडान नहुने जानकारी दिए।मुखर्जीले जानकी मन्दिरमा पुजा गरेपछि नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।ठाकुरका अनुसार पोखरा विमानस्थल भने एक घण्टा प्रभावित हुनेछ।जनकपुरबाट पोखरा र पोखराबाट काठमाडौं फर्किने क्रममा पोखरा विमानस्थल एक घण्टा बन्द हुनेछ।