मैले कविताको मुख हेरेँ

बुबा भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको ढुङ्गा फुटाइरहेको ऋणको सानो कुम्लो बोकेर मुग्लानबाट गाउँ आइरहेको .... हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे ! आस्थाको ढाका टोपी क्रान्ति पहिल्याउने लामो गम्बुट विचार पिउने ठूलो लुम्बा किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा झर्के थालमा चिप्लिएको तिम्रो माइली औँला ओहोहो...त्यो माइली औँला ! बेला बेला उठ्थ्यो तिम्रो नाक अघिल्तिर सिधा ...

औडाहा

  मुकुमलुङ र फक्ताङ्लुङ्को मुन्तिर जहाँ मर्चा लगाएर पेहिङ चढाईन्छ देवतालाई, त्यहिनेर म एउटा अङ्शियार भएर उभिएको छु, बिरासत थाम्न मौलिकताको । ए ! उन्छोन उन्छोन ग : आकाश बन्यो है, धर्ती बन्यो है ढुङ्गा बन्यो है, तारा बन्यो है, यसरी मेरो पुर्खाहरुले गाउँदै आए लेप्मुहाङ्ले डुङ्गामा जोगाएको मुन्धुमलाई, जब प्रलयले विध्वंस मच्चाउदै थियो अस्तित्वको । पेरेवा साम्लो र हाक्पारे...

लघुकथा “आमाको माया“

जेठा ! ए जेठा तिम्री आमाले त सम्पत्ति जती सबै कान्छालाई पो दिइछिन त ! हो जेठा बा हो त्यो तल बेशिको चार बाली लाग्ने धराने कुलो लाग्ने खेत ता कान्छा नानी लाई पो पास गरिदिनु भएछ त आमाले ! छिमेकी अस्ति मन्दिन बनाउनु परो माइली आमा भन्दै ती साहिला पन्डित आएर दस हजार उम्काएछन नि ! श्रीमती पुजा र पाठ आमाको हामिलाइ चाहिँ मुसुली धान को भात छैन पुरेत लाई चाहिँ बास्मती धान का चामल खोइ आमाको के ताल हो । छिमेकी...

कफि क्लबमा किरण

काठमाण्डौ । सातदोबाटो स्थित कफि क्लबमा शनिबार पुराना कवि किरण राईलाई सुनिए । शनिबार विहान काठमाण्डौको मौसम निक्कै प्रतिकुल थियो । मुलधारे बर्षा र ठूलाठूला मेघ गर्जनको समेत प्रवाह नगरी किरणका कविता सरपान गर्न साहित्यनुरागीहरु कफि क्लबमा भेला भएका थिए । किरण कविता लिएर रोष्टममा उभिन अघि उनका मित्र तथा कार्यक्रमका संयोजक प्रेम रिबुसाल राईले उनको बारेमा बोलेका थिए । सरल व्यक्तित्व भएका कवि किरण...

लघु कथा “ प्रफुल्ल मन“

सुन्त्न मात्र के लागेको थिए राधाले सम्झाइ हालिन खोइ मेरो हार किनि दिने भनेको हैन ? मेरो हार किनिदिने कुरा पनि“ स्यालकै कथा भयो हैन ? राधाले प्रतिप्रश्न गरिन आ नकराउ ह,ै म थाकेको छु भनेर कोल्टो फेरे मैले , राधा फतफताउदै थिइन अब त हजुरले लाने पार्टी , भोजहरुमा म ता काहीँ पनि जान्न बुझ्नु भयो सबै साथिहरुको हार न्याक्लेस छ आफ्नु चाहिँ नाक कान बुचो । त्यो टायलघरे निसाले पनि हार किनि सकिन् अब त मै मात्र...

[लघुकथा : जाती ज्वाइँ !

काईली आमैले खुसुक्क हर्केको कानमा भनिन," मेरो जेठो छोरो काम नलाग्ने भयो बाबू हर्के ! स्वास्निको मुतमा बग्यो, छुट्ट भिन्न भयो, असती। भाईले नकमाउन्जेल पर्खी त्यसपछी छुट्टेलास भनेको मानेन बुहारीले कर्कश गरी " तिम्रो कान्छो छोरो घुमेर खान्छ । स्नातक सकेको मान्छे जागिर खोज्न र कमाउन नपर्ने ,खाली दाईको थाप्लोमा गिर खेल्न पल्किएको छ । हामी छुट्टिएपछि तह लाग्छ ।" " खोइ काईली आमै हामीले त के भन्ने हो र...

कथा: गोसवला

  ऋतुहरुको अनन्त चक्रले परिवेशलाई मडाड्र्दै, बटार्दै, हुँडुल्दै र गाँज्दै लगीरहन्छ । मान्छेहरु भन्दछन् आज यो बार हो, यो गत्ते, यो महिना र यो साल आयो वा गयो । न कसैले रोक्दा राकिने, न त छेक्दा अढिन्ने, कति निष्ठुरी छ यो ऋतुहरुको आउने जानेक्रम ? मुकुन्देले थाहा पाएदेखि ऋतु अनुसार कति चाँप, सुनाखरी, लालीगुराँस,चम्पाचमेली र सयपत्रिहरु फुले, अनि मखमली पनि । रुखका पातहरु कति झरे, पौलो फेरे ।...

इमानसिङ पुरस्कार लोवालाई

  येले तङवे ५०७८ अर्थाथ २०७५ सालको इमानसिंह चेम्जोङ पुरस्कार साहित्यकार पुष्पहाङ लोवा र राधिका चोङवाङलाई प्रदान गरिएको छ । .विगत डेढ दशकदेखि लिम्बू साहित्यमा कलम चलाउँदै आएको लोवा र चोङवाङलाई पचिस हजार रुपैया सहित तामापत्रद्धारा कविद्धयलाई पुरस्कृत गरिएको हो । किरात याक्थुङ चुम्लुङले ललितपुरस्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी लेखक लोवाको ‘तम्अम्भुङ’ नामक कृतिका लागि उ...

गजल

सानो झिल्कोले महल जलेको देखेको छु । हेर्दा हेर्दै अग्लो धरहरा ,ढलेको देखेको छु ।। गर्नु हुन्न रे घमण्ड , धन र बलमा कहिल्यै । बलवान भीम पनि त गलेको देखेको छु ।। ठाडो हागो झै नहोउ , जीवनमा कहिल्यै । नुहेको हाँगोमा फल , फलेको देखेकोछु ।। थाहा हुन्न को मर्छ अघि , को मर्छ पछि । चिता माथिको लास , चलेको देखेको छु ।। गर्नै नहुने भो , बिश्वास आफनै भएनी झट्ट । आफ्नाले आफ्नै लाई छलेको दे...

तिजपत्र

प्यारी सावित्री यस पटकको तिजमा मेरो जोर खुुट्टाको जोर बुढी औंला तिमीलाई सम्मान पूर्वक ढोगाउन नपाएकोमा सात समुन्द्र पारिबाट गहिरो दुःख व्यक्त गर्दछु प्राणनाथको हरिनाथ परेको खुुट्टा ढोग्न नपाएर तिमी पनि कति थक्क थक्क गरौली चिल्लो निधार चिलाएर भित्तामा कति ठोकौली सम्झदै यहां मेरो पुरुषत्व तुरुक्क–तुरुक्क स्खलित हुन्छ पतिदेवको अपार कृपाले तिमी पो दिनभर उपास बस्न सक्छौ कम्मर मर्काइ म...