यालेस कोरियामा गठन

काठमाण्डौ । याक्थुङ लेखक संघ दक्षिण कोरियामा प्रवास समिति गठन भएको छ । कोरियामा रहेका लिम्बू लेखकहरूको एक भेलाले वियोगी काईलाको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा आत्मविक्रम नेम्बाङ, प्रदीप कन्दङवा, विङकल चेम्जोङ, रहेका छन् । उपाध्यक्ष भीमराज चेम्जोङ, गनिन्द्र विवश, नोगेन नेम्बाङ, गणेश केरुङ हाङसेम, महासचिव बाबु बलिन्द्र, सचिव सेसेफुङ शेर्मा, देबेन्द्र थाम्सुहाङ, कोषाध्यक्ष मेरीङ लावती, सह–कोषाध्यक्ष पवित्रा थेबे छन् । सदस्यहरूमा पृथराज थेगीम, खेम सङवाङफे, खिमा योङहाङ, सपना सेलीङ, किरण चेम्जोङ, दीपक सेलीङ, घनेन्द्र नेम्बाङ छन् ।

याक्थुङ लेखक संघ कोरियाले केन्द्रद्धारा घोषित घोषणा पत्रमा पूर्ण प्रतिबध्दता जनाउँदै त्यहाँ भएका बूँदामा घोषणा पत्र पनि जारी पनि गरेको छ । घोषणापत्रमा याक्थुङ मातृभाषा साहित्य उन्नयनका लागि यालेस कोरियामा आबद्द सर्जकहरू ले कम्तिमा एउटा लिम्बू भाषाको कृति प्रकाशन गर्न प्रयत्न गर्ने, लिम्बु समुदायको धार्मिक, साँस्कृतिक, यलम्बर संवत र भाषा लिपिमा देखिएका विवादहरू लाई प्राज्ञीक तवरले समाधान गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने, पहिचानको राजनैतिक मुद्दालाई सहयोग प्रदान गर्ने आन्दोलन र मुद्दामा एकिकृत हुने, सिर्जनामा अधिकतर मुन्धूमी सौन्दर्यशास्त्रको अन्वेषणा गर्ने, पालाम, ख्याली, हाक्पारे लगायत याक्थुङ लोक वाङमयमा आधारित छन्दगत विशेषता भएको काव्यिक संरचनालाई नेपाली लेखनको मूलधारमा प्रविष्टिकरण गर्दै जाने आदि छन्।
दक्षिण कोरिया यालेसको पहिलो प्रवास समिति भएको आलेसका केन्दिय महासचिव टंक सेलिङले बताए । चाँडै अन्य मुल्कहरुमा पनि प्रवास समिति विस्तार उने समेत उनले जानकारी दिए ।

Published On: Time : 12:47:21  123पटक हेरिएको

तपाईको प्रतिक्रिया