राजन मुकारुङको ‘हाटा जाने अघिलो रात’ सार्वजनिक

काठमाण्डौ । चर्चित लेखक राजन मुकारुङको पाँचौ कविता संग्रह विमोचन भएको छ । मदन पुरस्कार विजेता तथा सृजनसिल अराजकताका अभियन्ता मुकारुङको पाँचौ कविता संग्रह ‘हाटा जाने अघिलो रात’ आज विमोचन गरिएको हो ।

लेखक, कलाकार र साँस्कृतिककर्मीहरुको बाक्लो उपस्थितिका बीच मण्डला थिएटरमा छोटो विमोचन कार्यक्रम गरियो । अहिलेका चर्चित नायक दयाहाङ राईले संग्रहका ‘गाउँ’ शीर्षक कविता बाचन गरेर कार्यक्रमको सूरुवात गरेका थिए । विमोचनपछि संग्रहमाथी समाजशास्त्रि तथा अध्यता कैलास राई र पत्रकार यज्ञशले बोलेका थिए ।
राजन मुकारुङ संधै सत्ता इतरको आवाज बोकेर अघि बढ्ने लेखक भएको कैलास राईले बताइन ।
कविता, उपन्यास र लेख जहाँ पनि मुकारुङले पहिचान, सँस्कृती र विद्रोही आवाज उठाउने गरेको यज्ञशले बताए ।

कार्यक्रममा संक्षिप्त बोल्दै लेखक मुकारुङले भने ‘धेरै समयपछि कवितामा फर्किएको छु । त्यसको एउटैमात्र कारण हिजो अधिकार र वर्गको आवाज उठाएर कविता लेख्नेहरु अहिले सत्ताको भजन मण्डली भए । त्यसैले मैले कविता लेख्नु पर्यो ।’
वि.सं. २०३१ सालमा भोजपुरको दिल्पा, नागीमा जन्मेका राजन मुकारुङको उपन्यास ‘दमिनी भिर’ ले २०६९ सालको मदन पुरस्कार जितेका थिए । अर्का उपन्यास ‘हेत्छाकुप्पा’ पनि उत्तिकै चर्चित बनेको थियो ।

सेतो आरोहण (२०५६), प्रारम्भ प्रक्षेपण (२०५८), जिकिरको गद्दी (२०५९) र मिथक माया (२०६१) कविता सङ्ग्रह प्रकाशित छन् । ‘किराँत संस्कार’ र ‘फेरिदो सौन्दर्य’ गरि उनको नौ ओटा पुस्तक प्रकाशित छन् ।

Published On: Time : 13:30:27  349पटक हेरिएको

तपाईको प्रतिक्रिया