अज्ञात र उपाध्यायलाई वर्ष गीत पुरस्कर


काठमाडौं । सिर्जनशिल अराजकता साहित्यिक आन्दोलनका अभियन्ता तथा गीतकार हाङयुग अज्ञात र गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको छ । गीतकार संघ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष अज्ञातको आमा मेरा र उपाध्यायको ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ लाई पुरस्कृत गरिएको हो । नगद रु ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो
गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भइको हो । सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरिएको थियो । यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार नगेन्द्र थापालाई नगद एक लाख र सम्मानपत्रले सम्मान गरियो । वर्ष पुस्तकबाट उर्मिला कोइराला र गौरभ गुरुङलाई नगद ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताए । ‘मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ’, उनले भने, ‘कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।’ उनले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताए ।

Published On: Time : 11:10:45  76पटक हेरिएको

तपाईको प्रतिक्रिया