धर्मेन्द्र नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ सार्वजनिक

काठमाण्डौ । रंगवादी कवि धर्मेन्द्र नेम्बाङको नयाँ कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ सार्वजनिक भएको छ । मन्डला थिएटरमा आज वरिष्ठ कवि तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइला लगायत साहित्यकारहरुले सार्वजनिक गरेका हुन ।
नेपाली साहित्यमा विशेष रंगवाद साहित्य अभियानबाट चर्चित नेम्बाङको यो तेस्रो कवित संग्रह हो । उनको रातो बाघ नामक उपन्यास प्रकाशित रहेको छ ।
आज सार्वजनिक पुस्तकमाथी वरिष्ठ कवि श्रवण मुकारुङ, कवि हाङयुग अज्ञात, रत्नमणी नेपाल, अनुपमा रेग्मी, मदन पुरस्कार विजेता राजन मुकारुङले आफ्नो धारणा राखेका थिए ।
नेपाली साहित्यमा धर्मेन्द्र लगायतले नयाँ चिन्तन सुरु गरेको र यसलाई निरन्तरता र थप अध्ययनको आवश्यकता रहेको वैरागी काइलाले बताए ।

फिनिक्स बुक्सद्धारा प्रकाशित संग्रहमा ३९ ओटा कविता समेटिएका छन् ।

Published On: Time : 14:45:49  172पटक हेरिएको

तपाईको प्रतिक्रिया